कीवर्डहरू -

अपडेट

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे, पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त अर्जुन घिमिरेले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार अध्यक्षमा नियुक्त भएका घिमिरेलाई सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्तिपत्र प्रदान गर्दै मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका घिमिरेले निष्पक्ष, पारदर्शी र परिणाममुखी ढंगले प्राधिकरणको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । नियामक निकायको भूमिका प्रभावकारी बनाउन कानुनअनुसार जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले दूरसञ्चार क्षेत्रका विद्यमान चुनौती समाधानलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

उनले सेवा प्रवाहको गुणस्तर सुधार, उपभोक्ताको हित संरक्षण तथा सुशासन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताउँदै अधिकारको दुरुपयोग नगरी स्पष्ट अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम गर्न सुझाव दिए ।

पदभार ग्रहणपछि अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका समस्या पहिचान गरी समाधानमुखी ढंगले काम गर्ने प्रतिबद्धता जनाए । कानुन, नीति र नियमको पूर्ण पालना गर्दै दूरसञ्चार सेवाको विस्तार, गुणस्तर अभिवृद्धि र सुशासनलाई प्राथमिकतामा राखेर आफ्नो कार्यकाल अघि बढाउने उनले बताए ।

अपडेट

दुर्गम समुदायका आवाज संघीय स्वास्थ्य नीतिसम्म पुर्‍याउँदै ‘द लास्ट माइल डिजिटल हेल्थ समिट’

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आयोजित ‘द लास्ट माइल डिजिटल हेल्थ समिट २०२६’ ले दुर्गम क्षेत्रका …

दराज नेपालद्वारा ‘फास्ट डेलिभरी’ सेवा सुरु, विना अतिरिक्त शुल्क छिटो सामान पाइने

काठमाडौं । नेपालको अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘फास्ट डेलिभरी’ सेवा प्रारम्भ गरे…

राहदानी विभागको नयाँ प्रणाली सुरु, अत्यावश्यक परे मात्र आवेदन दिन आग्रह

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन …

एशियन पेन्ट्स नेपालको राष्ट्रिय डिजाइन प्रतियोगिता सम्पन्न, शीर्ष तीन विजेता सम्मानित

काठमाडौं । एशियन पेन्ट्स नेपालले ‘Kaleidoscope – अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतिय…

प्रविधि प्रतिभाको खोजीमा ‘लुम्बिनीएक्स’ ह्याकाथन, आवेदन खुला

काठमाडौं । रूपन्देहीस्थित लुम्बिनी सिटी कलेजमा आगामी साउन २३ देखि २५ गतेसम्म राष्ट्रियस्तरको ४८ घण्टे ‘ल…

यूएन ट्रेनीसिपका लागि आवेदन खुला, स्नातक उत्तीर्णका लागि अवसर

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ (यूएन) का तर्फबाट पिपुल टु पिपुल प्रालिले सामाजिक रूपमा पछाडि पारिए…

विपद्का लागि देशभर एउटै नम्बर : सञ्चालनमा आयो टोल फ्रि नम्बर १२३४

काठमाडौं । विपद्का घटनामा तत्काल सूचना आदानप्रदान, समन्वय र नागरिकका गुनासोको छिटो सुनुवाइ सुनिश्चित गर्न सर…

च्याटजीपीटी वर्क सार्वजनिक: अब केवल प्रश्नको उत्तर होइन, तपाईंका लागि पूरा परियोजना नै तयार गर्ने एआई एजेन्ट

ओपनएआईले च्याटजीपीटी वर्कको घोषणा गरेको छ, जुन नयाँ एआई एजेन्ट हो। यसलाई केवल प्रश्नहरूको उत्तर दिनका लागि मात्र नभई त्यसभन्दा ध…

राष्ट्र बैंकको निर्णय : सार्वजनिक बिदामा पनि RTGS सेवा खुला रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम दिनहरूलाई लक्षित गर्दै असार २७ र २८ गते पर्ने सार्वजन…

शाओमी १७ अल्ट्रामा खिचिएको माउन्ट एभरेस्ट एक्सपिडिसन फिल्म सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध हिमाल आरोही गेल्जे शेर्पाले शाओमी १७ अल्ट्रा स्मार्टफोनले खिचेको भिडियो सार्वजनिक भएको …

सरकारको दाबी : १०० दिनमा प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल शासनमा प्रगति

काठमाडौं । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक स…

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

काठमाडौं । द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपा…

सरुवाबारे सामाजिक सञ्जालमा फैलिएका दाबीप्रति नेपाल प्रहरीको स्पष्टीकरण : ‘अनुसन्धानसँग कुनै सम्बन्ध छैन’

काठमाडौं । नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही सिनियर प्रहरी अधिकृतहरूको काज तथा…

क्लड कोडमा सुरक्षा कमजोरी भएको चिनियाँ दाबी, प्रयोगकर्ताको डाटा चोरी हुन सक्ने चेतावनी

चीनको साइबर सेक्युरिटी वाचडगले एन्थ्रोपिकको क्लड कोडलाई सुरक्षा जोखिम भएको भन्दै चिन्ता व्यक्त गरेको छ। एजेन्सीका अनुसार यो एआई क…

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौँ तलामा नयाँ …