अपडेट
मिरा ईआरपीमा कर्जा व्यवस्थापन मोड्युल थपियो, सहकारीको कर्जा प्रक्रिया पूर्ण डिजिटल हुने
सहकारी क्षेत्रको डिजिटल रूपान्तरणलाई लक्ष्य बनाएको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ। नियोसिस टेक्नोलोजीद्वारा विकसित उक्त प्रणालीले सहकारी संस्थाहरूमा कर्जा प्रवाहदेखि धितो व्यवस्थापनसम्मका प्रक्रिया डिजिटल र स्वचालित बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज तिवारीका अनुसार नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनलाई अझ सहज र व्यवस्थित बनाउनेछ। मिरा ईआरपीको सिंगल लगिन प्रणालीमार्फत कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएकाले सदस्य पहिचानसम्बन्धी समस्या समाधान हुने र फाइभ सी एनालाइसिस, कर्जा योग्यता जाँच, धितो मूल्यांकन तथा कारोबार इतिहासको विश्लेषण प्रणालीबाटै गर्न सकिने उल्लेख छ।
यो प्रणालीले सहकारी विभागको कोपोमिस (COPOMIS) मा पठाउनुपर्ने विवरण तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी टीटीआर (TTR) रिपोर्टहरूलाई पनि निर्धारित Excel र XML फर्म्याटमा उपलब्ध गराउने कम्पनीको दाबी छ। स्थानीय निकाय, सहकारी संघ, महासंघ र सहकारी नियमन प्राधिकरण (NCRA) का लागि आवश्यक तथ्याङ्क पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिने जनाइएको छ। कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्नुपर्ने सहकारीका लागि सो व्यवस्था पनि सफ्टवेयरमार्फत उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले बताएको छ।
सुरक्षाका दृष्टिले आईएसओ २७००१:२०२२ प्रमाणित मिरा ईआरपीले कर्जा र धितोसम्बन्धी संवेदनशील विवरणलाई ‘डिजिटल डकुमेन्ट भल्ट’ मार्फत सुरक्षित राख्ने दाबी गरिएको छ। हालसम्म ७०० भन्दा बढी सहकारी संस्था आबद्ध भइसकेको यस प्लेटफर्मले बचत तथा ऋण व्यवस्थापन, सदस्य र शेयर व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैंकिङ र एसएमएस अलर्टजस्ता सुविधा दिँदै आएको छ। साथै, एमआर कलेक्टर एप, मौज्दात व्यवस्थापन र अनलाइन बिल भुक्तानीजस्ता मोड्युलले सहकारीलाई पेपरलेस र प्रविधिमैत्री बनाउने कम्पनीको भनाइ छ।
सास क्लाउड प्रविधिमा आधारित भएकाले अतिरिक्त भौतिक पूर्वाधार वा सर्भरको आवश्यकता नपर्ने र यसले नेपाली सहकारीहरूलाई आधुनिक बैंकिङ तथा डिजिटल वालेटसरह सुविधा उपलब्ध गराउने दाबी पनि कम्पनीले गरेको छ।
अपडेट
५ मिनेटमै वेबसाइटदेखि गीतसम्म: गुगल ल्याब्सको एआई टूलको कमाल
यदि तपाईंलाई एआईसँग प्रयोग गर्न मनपर्छ भने, गुगल ल्याब्समा ३५ वटा प्रयोगात्मक टुलहरू उपलब्ध छन्, जसले पढाइ गर्नेदेखि एप बनाउने, स…
ग्लोबल मनी वीक २०२६ मा ईबीएलद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम
एभरेष्ट बैंक लिमिटेड (ईबीएल)ले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंक…
क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ
अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) र हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
महान्यायाधिवक्ताको निर्णयले उपभोक्तालाई राहत, इन्टरनेट उद्योगको हित सुरक्षित भएको आईस्प्यानको दाबी
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) ले महान्यायाधिवक्ताको कार्यालयले उपभोक्ता र इन्टरनेट सेवा उद्योगको हितमा निर्णय गरेको भन्…
अब नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै आवेदन आवश्यक नपर्ने
सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह सुर…
वाइफाइ ६ प्रविधिसहित भायानेटको नयाँ योजना, ६०० एमबीपीएससम्म गति उपलब्ध
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्याको सम…
प्रविधिको कमाल: अब रातमै पनि सूर्यजस्तो उज्यालो, जान्नुहोस् कसरी
अब अमावस्या रातमा पनि अन्तरिक्षबाट पठाइएको सूर्यको प्रकाशले पृथ्वी उज्यालो हुन सक्ने दाबी गरिएको छ। अमेरिकी स्टार्टअप रिफ्लेक्ट आर्ब…
एनआइसीसीको ‘स्टार्टअप संवाद’: उद्यमीहरूले उठाए नीतिगत सुधारका माग, संरचनागत अवरोध हटाउन जोड
नेपाल-भारत उद्योग वाणिज्य संघ (एनआइसीसी) ले दुसित प्रिन्सेस होटल, काठमाडौंमा ‘स्टार्टअप संवाद गोलमेच’ आयोजना गरेक…
एभरेष्ट बैंकद्वारा २०८३ को वार्षिक कर्पोरेट क्यालेन्डर सार्वजनिक
एभरेष्ट बैंकले २०८३ सालको आफ्नो वार्षिक कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाली धर्म, संस्कृति, पर्यटन तथा पुरातात्त्वि…
स्यामसङ ग्यालेक्सी एस२६ मा एयरड्रप सपोर्ट आउने: अब एन्ड्रोइड–आईफोनबीच फाइल सेयरिङ झन् सजिलो हुने
यदि तपाईं स्यामसङ प्रयोगकर्ता हुनुहुन्छ र साथीहरूको आईफोनमा फोटो वा भिडियो पठाउन ‘थर्ड-पार्टी एप्स’ वा ‘व्हाट्…
ह्वाट्सएपमा ‘अटो ट्रान्सलेट’ फिचर आउँदै: अब हरेक च्याट आफ्नै भाषामा स्वतः अनुवाद हुने
के तपाईंसँग पनि यस्ता कुनै साथी वा क्लाइन्ट छन्, जो नेपाली वा अंग्रेजी बाहेक अरु भाषामा कुरा गर्छन्, जसलाई बुझ्न तपाईंलाई …
स्प्यारो एसएमएसको १६ वर्षे यात्रा पूरा, ह्वाट्सएप बिजनेस एपीआई सेवा पनि सार्वजनिक
नेपालको अग्रणी इन्टरप्राइज मेसेजिङ प्लेटफर्म स्प्यारो एसएमएसले आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव मनाउँदै आधिकारिक ‘मेटा टेक …
“सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण: साइबर सुरक्षा नेतृत्व निर्माण” कार्यक्रम सम्पन्न
डिजिटल प्रविधिको तीव्र विस्तार विस्तार साइबर सुरक्षाको सुविधा महिलाको जिम्मेवारी भूमिका अपरिहार्य पुस्तकालय गएको सन्दर्भमा क्यान म…
अब मोटरसाइकलमा पनि हाइब्रिड युग: नेपालमा पहिलो हाइब्रिड बाइक आउँदै
यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिष्ठित FZ सिरिजको …