कीवर्डहरू -

अपडेट

ओपेराको एजेन्टिक एआई ब्राउजर नियोन सार्वजनिक, यस्ता छन् सुविधा

वेब ब्राउजर निर्माता ओपेराले आफ्नो नयाँ एजेण्टिक एआई ब्राउजर ‘ओपेरा नियोन’ (Opera Neon) सार्वजनिक गरेको छ ।

सन् २०२५ भरि विभिन्न प्रविधि कम्पनीहरूले एजेण्टिक एआई ब्राउजर ल्याउने घोषणा गरिरहेका बेला ओपेराले पूर्ण रुपमा एकीकृत कृत्रिम बुद्धिमत्ता अनुभव दिने उद्देश्यले नियोन बजारमा ल्याएको हो।

योसँगै, नियोनले पर्प्लेक्सिटीको ‘कोमेट’, द ब्राउजर कम्पनीको ‘डिया’ र ‘फेल्लो एआई ब्राउजर’सँग प्रतिस्पर्धा गर्नेछ ।

साथै, छिट्टै नै सार्वजनिक हुने भनिएको च्याटजीपीटीको एआई ब्राउजर पनि यस क्षेत्रमा ठूलो चुनौती बन्ने अपेक्षा गरिएको छ।

एजेण्टिक ब्राउजिङको नयाँ अनुभव

ओपेरा नियोनको मुख्य आकर्षण भनेको प्रयोगकर्ताले सिधै आदेश दिएपछि ब्राउजरले आफैं कार्य सम्पन्न गर्ने सुविधा हो । होटल बुकिङदेखि लिएर ट्याब खोल्ने, बन्द गर्ने, स्क्रोल गर्ने, फरक साइटमा काम गर्ने जस्ता कार्यहरू नीयनले स्वतः सम्पन्न गर्न सक्छ ।

यसका लागि ओपेराले ‘Neon Do’ र ‘Tasks’ भन्ने सुविधा जोडेको छ । एउटै मुख्य ट्याबभित्र विभिन्न सब-ट्याब खोली एउटै कार्यसम्बन्धी सूचनालाई समेट्ने प्रणाली ‘Tasks’ मार्फत प्रयोगकर्ताले सजिलै बहुआयामिक काम गर्न सक्नेछन् ।

त्यस्तै, ‘Cards’ नामक प्रोग्राम गरिएको प्रम्प्टहरूले प्रयोगकर्तालाई विशिष्ट काम तुरुन्तै सम्पन्न गर्न मद्दत गर्नेछन् । यी कार्डहरूलाई प्रयोगकर्ताले मिलाएर नयाँ संयोजन बनाउन, अनुकूलन गर्न र समुदायले तयार गरेका कार्डहरू पनि प्रयोग गर्न सक्नेछन् ।

मूल्य र उपलब्धता

हालका लागि ओपेरा नीयन निशुल्क उपलब्ध छैन । प्रयोगकर्ताले यसमा पहुँच पाउन पहिलो चरणमा ‘वेटलिस्ट’ मा नाम दर्ता गर्नुपर्नेछ । सेवा प्रयोग गर्न अनुमति पाउनेहरूले भने मासिक १९.९० अमेरिकी डलर (झण्डै २० डलर) तिर्नुपर्नेछ, जुन हालका अधिकांश एआई सेवाको मूल्य सरह हो।

ओपेराले यसलाई पूर्ण समाधानका रूपमा प्रस्तुत गरेको छ, जसले न्यूनतम मानवीय हस्तक्षेपमै जटिल कामहरू सम्पन्न गर्न सक्ने दाबी गरेको छ।
 

अपडेट

टिकटक, रिल्स र शर्ट्ससँग प्रतिस्पर्धा गर्न ओपनएआईले ल्यायो सोरा एप, एआई जेनेरेटेड भिडियो शेयर गर्न सकिने

एआई कम्पनी ओपनएआईले मंगलबार आफ्नो नयाँ भिडियो र अडियो जेनेरेटर ‘सोरा २’ सार्वजनिक गरेको छ । यसअघि आएको सोरा मो…

एलन मस्कले घोषणा गरे ‘ग्रोकीपेडिया’, विकिपेडियालाई चुनौती दिने तयारी

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो एआई कम्पनी एक्सएआईमार्फत विकिपेडियालाई टक्कर दिने नयाँ परियोजना सुरु गर्ने घोषणा गरेका छन्।

च्याटजीपीटीमा नयाँ सुरक्षा र अभिभावक नियन्त्रण सुविधा

ओपनएआईले च्याटजीपीटीमा नयाँ सुरक्षित राउटिङ प्रणाली र अभिभावक नियन्त्रण (Parental Controls) सुविधा सुरु गरेको छ। 

एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल

एप्पलको नयाँ सिलिकन चिप चाँडै उत्पादन लाइनमा प्रवेश गर्न लागेको छ भन्ने समाचार ब्लूमबर्गका मार्क गूर्मनले दिएका छन्। आफ्नो पछिल्लो …

एन्थ्रोपिकले नयाँ एआई मोडल सोनेट ४.५ सार्वजनिक, अहिलेसम्मकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी

एआई कम्पनी एन्थ्रोपिकले नयाँ मोडल सोनेट ४.५ (Sonnet 4.5) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विश्वकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी ग…

भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा टीभीएस स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्न सकिने

भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपालपे क्युआरको सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं&r…

स्मार्ट क्यूआरबाट पैसा तिर्दा बिगमार्टमा १० प्रतिशत छुट

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालमा १२० बढी शाखा रहेको सुपरमार्केट बिगमार्ट प्रा. लि. ले यसपालि दशैंको उपलक्ष्…

काठमाण्डौ महानगरपालिकाले सीपमूलक तथा व्यवसायिक तालिम दिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाण्डौ महानगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिममा सहभागी हुन चाहने महानगरवासीलाई आवेदन खुला गरेको छ।

<…

स्न्यापच्याटमा मेमोरिजका लागि अब ५ जीबी स्टोरेज मात्रै निःशुल्क पाइने, थप चाहिएमा पैसा तिर्नुपर्ने

सामाजिक सञ्जाल कम्पनी स्न्यापले आफ्नो स्न्यापच्याट मेमोरिज फिचरमा नयाँ भण्डारण सीमा तोकेको छ।

ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड  एन फाइभ  उपहार’ योजना

ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ…

युट्युबले सुरु गर्‍यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा

युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई …

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २…

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै नयाँ सफ्टवेयर ‘मबिल’ सार्वजनिक

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल…

नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक, के के छन् सुविधा ?

नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले…