अपडेट
सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता
इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
समझदारी समारोहमा बोल्दै सजिलो नेटका तर्फबाट सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेष्ट कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । सीईओ कार्कीले उक्त सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिवद्धतामा हुने बताए ।
‘यो सहकार्य एउटा कागजी रुपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ । शैक्षिक जगतलाई व्यवहारिकतासँग जोड्ने प्रयास हो,’ उनले भने, ‘पढिसकेपछि साथीहरु जागिरका लागि आउनुहुन्छ, तर उहाँहरुसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ती गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’
त्यस्तै क्याम्पस प्रमुख श्रेष्ठले कलेजबाट पास आउट भएर विद्यार्थीहरु गए पनि बजारबाट व्यवहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरुमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरुलाई ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ,’ उनले भने ।
साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘सजिलो नेटसँगको सहकार्यले केवल सजिलो नेटका लागि मात्र जनशक्ति उत्पादन हुने छैनन्, देशलाई प्रविधिसँग जोड्ने म्यानपावर उत्पादन हुनेछ,’ उनले भने ।
त्यस्तै क्याम्पसका प्रमुख कार्यकारी अधिकृत सीईओ अरुणकुमार भण्डारीले अब हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गरेर भन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘अहिले यसले यो गर्यो, यो गर्न सकेन भनेर अरुका आलोचना गर्ने गरिन्छ । तर हामीले सहकार्य गरेर काम गरेका छौँ त रु त्यसलाई एकपटक नियाल्नुपर्दछ । त्यसका लागि यस्ता किसिमका सहकार्यले हामीलाई देशमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ,’ उनले भने ।
समझदारी समारोहमा सजिलो नेटका तर्फबाट सीईओ सतिश कार्की, सीओओ विकास मुडभरी र सजिलो नेटका अध्यक्ष प्रकाशमान सिंह जिसीको उपस्थिति रहेको थियो । त्यस्तै क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठ, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक राजन लामा, कलेजका बोर्ड मेम्बर राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
अपडेट
काठमाडौँमा आइसिटी र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, नेपाललाई ग्लोबल नलेजसँग जोड्ने लक्ष्य
सन् २०२६ को फेब्रुअरीमा काठमाडौंको ह्यात सेन्ट्रिक होलटमा विश्वभरिका अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रविधि विज्ञहरूको ठू…
छपाइ गरी वितरणका लागि तयार भएका लाइसेन्सको जानकारी अब फेसबुकबाटै दिइने
यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ…
समय व्यवस्थापन र स्वास्थ्यका लागि टिकटकमा नयाँ फिचर
टिकटकले प्रयोगकर्ताको डिजिटल स्वास्थ्य र सचेत अनलाइन बानीलाई सुदृढ बनाउन ‘टाइम एण्ड वेलविङ स्पेश’ नामक नयाँ सुविधा…
शिक्षकहरूका लागि ओपन एआईको विशेष संस्करण ‘च्याटजीपीटी फर टिचर्स’
विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) शिक्षण क्षेत्रमा प्रयोग बढ्दै जाँदा ओपन एआईले शिक्षकहरूका लागि विशेष संस्करणको च्याटजीपी…
मेटाका शीर्ष एआई अनुसन्धानकर्ता यान लेकुन कम्पनी छोड्दै, आफ्नै स्टार्टअप खोल्ने घोषणा
मेटा कम्पनीका एक वरिष्ठ एआई अनुसन्धानकर्ता यान लेकुनले १२ वर्षपछि कम्पनी छोडेर आफ्नै एआई स्टार्टअप सुरु गर्ने घोषणा गरेका छन्। न्यू…
रोमनाइज्ड नेपालीमा लेख्ने तथा फन्ट रूपान्तरण सुविधा दिने प्लेटफर्म सञ्चारगृह डटकम
नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ वेब प्लेटफर्म सञ्चारगृह डटकम (sanchargriha.com) सार्वजनिक भएको छ।<…
च्याटजीपीटीका कमजोर उत्तर हटाउने उपाय: एआई विशेषज्ञले बनाएको ‘मास्टर प्रम्प्ट’ भाइरल
कहिलेकाहीँ हामी च्याटजीपीटीसँग कुनै प्रश्नको विस्तृत जानकारी चाहन्छौँ, तर पाउनु हुने जवाफ धेरै छोटो र अधुरो हुन्छ। कहिले…
खल्तीका पूर्व सीईओ विनय खड्काले सुरू गरे ‘ट्रस्ट ब्रिज क्यापिटल’, डिजिटल वित्तीय पहुँचमा काम गर्ने
खल्तीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले नयाँ वित्तीय प्लेटफर्म ‘ट्रस्ट ब्रिज क्यापिटल’ सुरू गरेका छन्।…
एनथ्रोपिकमा १५ अर्बडलरसम्म लगानी गर्दै माइक्रोसफ्ट र एनभिडिया
ओपनएआईसँगको पुनर्गठित सम्झौतापछि माइक्रोसफ्टले एआई क्षेत्रमा आफ्नो लगानी विविधीकरण गर्दै एनथ्रोपिकमा १० अर्ब डलरसम्म लगानी गर्ने घो…
अल्टिमेट एआई पार्टी फोन रियलमी १५ प्रो फाइभजी अब नेपालमा उपलब्ध
रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो फाइभजी नेपालमा विक्री सुरू गरेको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिमियम प्रयोगकर्त…
एन्थ्रोपिकले पत्ता लगायो एआईद्वारा स्वचालित साइबर आक्रमण, चिनियाँ-समर्थित समूहले गरेको आरोप
अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले भर्खरै एक ठूलो साइबर आक्रमण पत्ता लगाएको छ । यस आक्रमण चीन सरकारसँग जोडिएको समूहले गरेको बताइए…
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ। दुर्गा प्रसाईं समर्थक ह्याकरले विभागको वेबसाइट ह्याक गरेको दाबी गर…
एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, टिम ‘राइज चेतना’ विजेता
‘एन एजुकेटेड वुमन, अ ट्रान्सफर्म्ड नेसन’ भन्ने मूल थिमसहित सम्पन्न एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ राजधानीमा स…
निर्वाचन आयोगले भन्यो: डाटाबेस ‘ह्याक’ भएको हल्ला हो, सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ
निर्वाचन आयोग नेपालले आयोगको वेबसाइट तथा भोटर डाटाबेसमा अनधिकृत पहुँच भई मतदाता नामावलीसम्बन्धी सूचनाहरू चुहिएको भन्ने समाच…
पठाओ राइडर बन्न अब अनिवार्य ८०% अंकसहित परीक्षा, डिजिटल प्रशिक्षण प्रणाली लागू
राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै, राइडर बन्न चाहनेहरूका ला…