कीवर्डहरू -

अपडेट

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७– ड्रीम एडिसन २७ मे मा सार्वजनिक भएको छ।

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन अराम्कोको विश्वप्रसिद्ध पङ्खायुक्त लोगो पनि समावेश गरिएको छ। यसले पर्फर्मेन्स र व्यूटिफिकेसनको सन्तुलन प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत आएको नयाँ जीटी ७ स्मार्टफोनले अत्याधुनिक डिजाइनसँग उच्च-स्तरीय पर्फर्मेन्स संयोजन गर्दछ । यसमा एस्टन मार्टिन अराम्कोको प्रतिष्ठित टिम लोगो समावेश रहेको छ।

हाल विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता बनाइसकेको रियलमी संसारकै सबैभन्दा तिब्र वृद्धि भईरहेको मोबाइल फोन ब्रान्ड मानिन्छ। ‘मेक इट रियल’ स्लोगन  बोकेको यो कम्पनी युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि उपलब्ध गराउन समर्पित रहेको छ।

सहकार्य अनुसार, एस्टन मार्टिन अराम्को र रियलमीले प्रत्येक वर्ष दुईओटा संयुक्त मोबाइल मोडेल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। ती मोबाइलहरूमा अल्ट्रा पर्फर्मेन्स र विशिष्ट डिजाइन विशेषता हुने जनाइएको छ।

रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले भने, “एस्टन मार्टिन अराम्को जस्तो प्रसिद्ध र गतिशील टोलीसँग सहकार्य गर्नु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो। हामी केवल उत्कृष्ट उत्पादनहरूलाई मात्र हाम्रो फ्ल्यागशिप लोगो प्रदान गर्छौँ, र अब हामी यो सहकार्यको माध्यमबाट संसारभरका प्रयोगकर्ताहरुका लागि अझ एडभान्स डिजाइन र उत्कृष्ट निर्माण अनुभव प्रदान गर्न अग्रसर हुनेछौँ।”

एस्टन मार्टिन अराम्को फर्मुला वन टोलीका हेड अफ लाइसेन्सिङ्ग एण्ड मर्चेन्डाइज म्याट च्यापम्यानले भने, “हामी रियलमीलाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। जीटी ७ ड्रीम एडीसनले उच्च-कार्यसम्पादन र नवीनतम डिजाइनको संयोजन गर्दछ। यसका साथमा हामी भविष्यका मोडेलहरूको सहकार्यमा सँगै काम गर्न तत्पर छौं।"

अपडेट

माईक्रोसफ्टले सार्वजनिक गर्‍यो “डाइग्नोन्टिक अर्केस्ट्रेटर” एआई, ८० प्रतिशत मेडिकल केसमा डाक्टरभन्दा उत्कृष्ट काम गर्ने

माईक्रोसफ्टले भर्खरै यस्तो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली सार्वजनिक गरेको छ, जुन जटिल र चुनौतीपूर्ण मेडिकल केसहरूमा मानवी…

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा छानिए २० विजेता ग्राहकहरु

एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० जना भाग्यशाली ग्राहकहरु छानेको छ । यसरी छानिएक…

छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फार…

ई-कमर्स सूचीकरण गर्न विभागले दियो साउन २ गतेसम्मको समय, के के चाहिन्छन् कागजात ?

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (ई-कमर्स) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरूलाई साउ…

हुवावे सिड्स फर द फ्युचर क्षेत्रीय कार्यक्रममा प्रतिनिधित्व गर्न शीर्ष ५ नेपाली विद्यार्थी छनोट

हुवावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर २०२५ कार्यक्रममा नेपालबाट चीनमा आयोजना हुने…

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्र…

तनहुँमा राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि खोलिएको बिहानी सेवा बन्द

जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकोमा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।

फिलिपिन्सका किशोरले विकास गरेको हिँड्दा बिजुली उत्पादन गर्ने जुत्ता

हामी दिनभर हजारौं पाइला हिँड्छौँ, कहिले स्कुल जानका लागि, कहिले अफिस, कहिले बजार त कहिल्यै पार्कमा, तर के तपाईंले कहिल्यै सो…

मोडेल नम्बरबाट थाहा पाउनुहोस् आफ्नो आइफोनको इतिहास र देश

के तपाईं अहिले आइफोन प्रयोग गर्दै हुनुहुन्छ? वा नयाँ आइफोन किन्न सोच्दै हुनुहुन्छ भने यो जानकारी तपाईंलाई धेरै काम लाग्न सक्छ ।…

५० चिनियाँ कम्पनीले मिलेर बनाए ‘सुपर केबल’, विस्थापित होला त यूएसबी सी ?

तपाईंले आफ्ना फरक‑फरक डिभाइसहरूको लागि फरक‑फरक केबल प्रयोग गर्नुभएको होला - जस्तै टीभीका लागि एचडीएमआई केबल, फोन चार्जिङका ल…

६० भन्दा बढी ब्रान्डका सामानहरूमा किस्ताबन्दी सुविधा

अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा ब…

८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग गर्दैनन् अनलाइन यौन दुर्व्यवहारबारे कुराकानी

नेपालका ८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग अनलाइन यौन शोषण र दुर्व्यवहारबारे कुराकानी गर्ने नगरेको पाइएको छ । आइतबार …

टेरामक्स प्रकरण: २५ लाख धरौटीमा छुटे पूर्वमन्त्री मोहन बस्नेत

अदालतले टेरामक्स प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत २५ लाख रुपै…

भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलको नेपालको लिम्बिक एड्भर्टाइजिङसँग रणनीतिक साझेदारी

नेपालको विज्ञापन क्षेत्रका लागि ऐतिहासिक मानिने उपलब्धिमा, भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आ…

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

 महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन प…