कीवर्डहरू -

अपडेट

फुटबल मैदानदेखि सडकसम्म : क्लियर मेनले नेपालमा सुरु गर्‍यो विश्वकप अभियान

काठमाडौं । नेपालमा फुटबल अब मैदानमा मात्र सीमित छैन । फुटसल, खेल स्क्रिनिङ, सडकमा देखिने फुटबल संस्कृति र सामाजिक सञ्जालमा बन्ने सामाग्रीहरूले फुटबललाई युवामाझ अझ जीवित, उत्साहपूर्ण र अभिव्यक्तिमूलक बनाएको छ । आजका फुटबल प्रेमीहरू खेल हेर्ने मात्र होइन, आफ्नै तरिकाले खेलप्रतिको प्रेम व्यक्त गर्ने पुस्ताका रूपमा अगाडि आइरहेका छन् ।

यही बदलिँदो फुटबल संस्कृतिलाई आत्मसात् गर्दै क्लियर मेनले नेपालमा आफ्नो नयाँ अभियान ‘क्लियर हेडले खेलौ’ सार्वजनिक गरेको छ । फिफा वल्र्ड कप २०२६™ सँगको क्लियर मेनको आधिकारिक विश्वव्यापी सहकार्य र क्रिस्चीयानो रोनाल्डोको उपस्थितिले यस अभियानलाई अझ विशेष बनाएको छ ।

अभियानअन्तर्गत क्लियर मेनको सीमित संस्करण रोनाल्डो प्याक बजारमा ल्याइएको छ । उक्त प्याकमा क्रिस्चीयानो रोनाल्डोको तस्बिर र हस्ताक्षर समावेश गरिएको छ, जसले फुटबलप्रतिको जोस, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको भावना झल्काउँछ ।

यस अभियानको मुख्य आकर्षण ‘क्लियर हेडले खेलौ’ एन्थम हो । नेपाली हिप-हप क्षेत्रका चर्चित कलाकार गिरीश खतिवडाद्वारा प्रस्तुत गरिएको यो ऊर्जाशील गीतले क्लियर मेनको विश्वव्यापी सोच ‘प्ले विद अ क्लियर हेड’लाई नेपाली युवा र फुटबल संस्कृतिसँग जोडेको छ ।

क्लियर मेनले यो अभियानमार्फत फुटबल मैदानमा मात्र होइन, जीवनका हरेक क्षणमा चाहिने स्पष्ट सोच, आत्मविश्वास र तयारीको भावनालाई अघि सारेको छ । युनिलिभर नेपालकी मार्केटिङ हेड सुरभि गोस्वामीले भनिन्, ‘आजको फुटबल प्रदर्शन मात्र होइन, अभिव्यक्तिको पनि माध्यम बनेको छ । यो अभियानमार्फत हामी नेपाली युवाहरूले फुटबललाई कसरी अनुभव गर्छन् भन्ने कुरासँग जोडिन चाहन्छौँ- चाहे त्यो फुटसल मैदानमा होस्, खेल स्क्रिनिङमा होस्, सडकमा होस् वा सामाजिक सञ्जालमा । क्लियर मेनको मुख्य सन्देश आत्मविश्वास र स्पष्ट सोच हो, जुन यस अभियानको केन्द्रमा छ ।’

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यो अभियानले क्लियर मेन को विश्वव्यापी पहिचानलाई नेपाली संस्कृति र उपभोक्तासँग नजिक ल्याउने हाम्रो प्रयासलाई प्रतिबिम्बित गर्छ। फिफा वल्र्ड कप २०२६™ को विश्वव्यापी ऊर्जा र नेपालका फुटबल प्रेमीहरूको आफ्नै अभिव्यक्तिलाई जोडेर हामी उपभोक्तासँग अझ गहिरो र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न चाहन्छौँ । क्लियर मेनले खेल मैदानभित्र होस् वा बाहिर, प्रशंसकहरूलाई आत्मविश्वासका साथ आफ्नो उत्कृष्ट रूप प्रस्तुत गर्न प्रेरित गर्छ ।’

उपभोक्तासँगको संलग्नतालाई अझ बलियो बनाउन क्लियर मेनले नेपालमा पहिलो पटक ऋच्ठ एण्ड हेयरकट, वास एण्ड स्टाइलिङ एक्पिरियन्स पनि ल्याएको छ । दराज मार्फत सीमित संस्करण रोनाल्डो प्याक खरिद गर्ने उपभोक्ताहरूले काठमाडौँको प्रिमियम सैलुन शृंखला लक्ष्मी सलुनमा यो विशेष अनुभव नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

यस अभियानलाई डिजिटल माध्यम, स्थलगत गतिविधि,टिकटकररिल्स चुनौती, सामग्री निर्माताहरूको सहभागिता र विभिन्न उपभोक्ता संलग्नता गतिविधिमार्फत विस्तार गरिनेछ । रोनाल्डो प्याक, विश्वव्यापी फुटबल सहकार्य, नेपाली सङ्गीत र युवा अभिव्यक्तिको संयोजनमार्फत क्लियर मेनले खेल, आत्मविश्वास र प्रशंसक संस्कृतिलाई एउटै अभियानमा जोडेको छ ।

क्लियर एन्टि डेन्ड्रफ स्याम्पु हाल मेन्स कुल स्पोर्ट मेन्थोल र विमेन एन्टि हेयरफल गरी दुई प्रकारमा उपलब्ध छ । यी स्याम्पुहरू ३२५ एमएल र ६२५ एमएल प्याकमा परम्परागत तथा आधुनिक बिक्री केन्द्रहरूका साथै अनलाइन माध्यमहरूमा उपलब्ध छन् ।

अपडेट

राष्ट्रिय परिचयपत्र कार्ड अब सम्बन्धित व्यक्तिले नै अनलाइन डाउनलोड गर्न सकिने सेवा सुरु

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न सक्ने सेवा परीक्षणका रूपम…

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्…

विज्ञान र प्रविधि मन्त्रालयमा विज्ञको खोजी, सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका कामलाई प्रभावकारी बनाउन स्वयंसेवकका र…

संवेदनशील फाइल सुरक्षित राख्ने नि:शुल्क एप ‘क्रिप्टोमेटर’

काठमाडौं । आजको डिजिटल समयमा व्यक्तिगत तथा व्यावसायिक फाइलहरूको सुरक्षा निकै महत्वपूर्ण बनेको छ । धेरैजसो मा…

गुनासा, सुझाव र समाधान एउटै मञ्चमा : सरकारको नयाँ डिजिटल प्लेटफर्म ‘नागरिक चौतारी’

काठमाडौं । सरकार र नागरिकबीचको संवादलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘नागरिक चौतारी’ नाम…

इनड्राइभ र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक

काठमाडौं । इनड्राइभ नेपाल र डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) बीच साझेदारी भएको छ । नेपालमा व…

मेटा किन अचानक पेड सब्सक्रिप्शनतर्फ मोडिँदैछ ?

काठमाडौं । मार्क जुकरबर्गको नेतृत्वमा रहेको कम्पनी मेटाले हालै आफ्ना यी प्रमुख एप्सका लागि विश्वव्यापी रूप…

लामो समयदेखि निष्क्रिय कम्पनीलाई राहत, पुराना शुल्क र दस्तुर मिनाहा

काठमाडौं । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि आफ्नो वार्षिक विवरण अद्यावधिक नगरेका र…

सुपर एप रणनीतिमा पठाओको नयाँ कदम, एपभित्रै सुरु भयो ‘ब्युटी मेला’

काठमाडौं । पठाओ नेपाल⁠ले आफ्नो मोबाइल एपमा रहेको पठाओ बजार सेवामार्फत सौन्दर्य, कस्मेटिक्स तथा व्यक्तिगत …

स्पोटिफाइ र सीडीको युगभन्दा अघि : कसरी एलपी रेकर्डले म्यूजिक दुनियाँमा राज गर्यो ?

काठमाडौं । आजको जेन जेडका लागि म्यूजिकको मतलब स्पोटिफाइ, युट्युब म्यूजिक वा एप्पल म्यूजिक जस्ता स्ट्रिमिङ …

इनोभेन्चर्स एआई इन्कको स्प्रिबबेस एआई नेपालमा उपलब्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्क.ले पूर्ण एआई अपरेटिङ …

गुगलको नयाँ प्यारेन्टल कन्ट्रोल अपडेट : अब बच्चाको सर्च हिस्ट्री र युट्युब एक्टिभिटीमा अझ कडा निगरानी

काठमाडौं । यदि तपाईंका बच्चाले पनि स्मार्टफोन र इन्टरनेट प्रयोग गर्छन् भने, गुगलको यो नयाँ अपडेट तपाईंका…

एनसेलको नाम दुरुपयोग गर्दै ‘नगद पुरस्कार’ भन्दै भ्रामक प्रचार, सावधान रहन आग्रह

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम र लोगोको दुरुपयोग गरी सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक …

फिफा विश्वकप २०२६ : डिशहोममार्फत मोबाइल र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका…

मिस्टर बिस्टको ऐतिहासिक रेकर्ड, बने युट्युबमा ५० करोड सब्सक्राइबर पुग्ने पहिलो क्रिएटर

काठमाडौं । मिस्टर बिस्ट (Mr. Beast) नामले चर्चित जिमी डोनाल्डसनले युट्युबमा यस्तो रेकर्ड बनाएक…