कीवर्डहरू -

अपडेट

वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट, कम्प्युटर, प्रिन्टर्स, हार्डड्राइभ चोर्ने र जलाउने दुवै कार्य

जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।

प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना–ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पुर्याएका छन् । वीरगञ्ज महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्ण वीरगञ्ज महानगरका आधा दर्जन भवन जलेर नष्ट भएको बताए। “वीरगञ्ज महानगर परिसरमा छ वटा भवन रहेका छन्। तीमध्ये सबैजसो भवन जलेका छन्”, उनले भने, “जलेका भवनमा महानगरको कार्यालय सञ्चालन गर्न सक्ने अवस्थामा रहेका छैनन्।”

जेनजी प्रदर्शनीमा अराजक समूहले महानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि महानगर कसरी सञ्चालन गर्ने चुनौती थपिँदै गइरहेको छ । यद्यपी अहिले वीरगञ्ज महानगरका सरसफाइ कर्मीले परिसर वरपर सरसफाइका कामलाई अघि बढाउँदै आइरहेका छन्।

“महानगरका विभिन्न शाखा तथा महाशाखाका लगभग सबैजसो कागजात तथा कुर्ची टेलब लगायतका फर्निचर आगजनी तथा चोरी गरेर लगेका छन”, उनले भने, “कम्प्युटर, प्रिन्टर्स, कम्प्युटरको हार्डड्राइभलगायतका अत्यावश्यक उपकरण चोर्ने र जलाउने दुवै भएका छन्। सबैको व्यवस्थापन गरेर पहिलाकै अवस्थामा फर्किन अझै लामो समय लाग्ने देखिन्छ।”

प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कर्णले प्रदर्शनकारीले १३ ओटा सवारीसाधन र सात वटा मोटरसाइकल जलाएर नष्ट पारेको जानकारी दिए । “वीरगञ्ज महानगरमा गत मङ्गलबार साढे १२ बजेपछि आक्रमण गरेर आगजनी तथा नष्ट गर्ने काम सुरुवात भएको थियो”, उनले भने, “अहिले महानगरको ९५ प्रतिशत संरचनामा क्षति भएको छ।”

वीरगञ्ज महानगरको यान्त्रिक महाशाखाका प्रतिनिधि जयराम महतोले वीरगञ्ज महानगरका १३ ओटा सवारीसाधन जलेर नष्ट भएको बताए। “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ल्याएको एउटा सवारीसाधन जलेर नष्ट भएको छ। एक जना ठेकेदारको एउटा गाडी जलेर नष्ट भएको छ”, उनले भने, “तीन ओटा विद्युतीय रिक्सा पनि जलेर नष्ट भएका छन्।”

उनले सवारीसाधन जल्दा करिब रु आठ करोड बराबरको क्षति भएको दाबी गरे। यसैबीच वीरगञ्ज महानगरको नगरप्रहरीले महानगरको सामान लुटपाट गरेर लैजानेसँग फिर्ता ल्याउने अभियान अघि सारेको छ। महानगरबाट लुटपाट गरेका सामान बिहीबारदेखि फिर्ता ल्याउने अभियान अघि सार्दै आइरहेको छ।

वीरगञ्ज महानगरले पछिल्लो समय हार्डडिस्क नौ थान, केबल टेस्टर एक थान, कन्भर्टर तीन थानलगायतका सामान बरामद गरेको छ। त्यस्तै गरी टेबल, कुर्सी, फर्निचरलगायतका बरामद गर्दै आइरहेको छ। रासस

अपडेट

अर्थ मन्त्रालयका मुख्य तीनओटा सफ्टवेयरहरू र त्यसका तथ्याङ्क सुरक्षित

जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ। अर्थ मन्त्रालय, भन्सार तथा कर कार्याल…

चल्न थाले जेनजी प्रदर्शनका क्रममा बन्द भएका सरकारी वेबसाइटहरू

सरकारी वेबसाइटहरू चल्न थालेका छन् । जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा तोडफोड र आगजनी भएपछि सरकारी वेबसाइटहरू बन्द भएका थि…

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू, आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालन हुने अपेक्षा

इन्टरनेट सेवा प्रदायकको भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू भएको भएको छ । जेनजी प्रदर्शनका क्रममा सेन्ट्रल बिजनेस प…

जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन प्रहरीको अनुरोध

नेपाल प्रहरीले जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन अनुरोध गरेको छ । 

अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा…

डिजिटल भुक्तानी सुचारू राख्न राष्ट्र बैंकको आग्रह, वेबसाइट र सामाजिक सञ्जालबाट सेवाको जानकारी दिनुपर्ने

नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थालाई अत्यावश्यक…

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मंगलबारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको  समयावधि बढाएको …

डेटा र भ्वाइस सेवा नि:शुल्क दिदै नेपाल टेलिकम, यस्तो छ लिने तरिका

नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क प्रदान गरेको छ । मंगलबारदेखि टेलिकमले निःशुल्क डेटा र भ्वाइस सेवा …

एनसेलले निःशुल्क दिइरहेको छ कल, एसएमएस र इन्टरनेट

टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखि दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन

सरकारको दमनमा १९ जनाको ज्यान जाने गरी घटना भएपछि जेनजीको आन्दोलन झनै चर्किएको छ । ठाउँ ठाउँमा सरकारविरूद्ध प्रदर्शन भइरहेको छ…

सरकारलाई एक्सको जवाफ: नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता हुन सक्दैनौं

सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता नहुने आफ्नो नीति रहेको बताएको छ । 

रुसको दाबी: ‘एंटेरोमिक्स’ एमआरएनए भ्याक्सिनको क्यान्सरमा क्लिनिकल परीक्षणमा आशाजनक सफलता

क्यान्सर हालको समयको सबैभन्दा छिटो बढ्ने गम्भीर स्वास्थ्य समस्याहरू मध्ये एक हो। यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बन्न पुगेको…

युरोपको पहिलो एक्सास्केल सुपरकम्प्युटर ‘जुपिटर’ जर्मनीमा सुरू, एआई प्रतिस्पर्धामा ऐतिहासिक छलाङ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वैश्विक प्रतिस्पर्धामा अब युरोप पनि ठूलो कदम चाल्न तयार भएको छ। जर्मनीको जूलिश सुपरकम्प्युटिङ से…

दराजको ९.९ दशैँ धमाका – ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरीसँगै फ्ल्याट भौचर सुविधा

नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक…

केही सेवा प्रदायकको नेटवर्कमा चल्न थाल्यो फेसबुक

केही सेवा प्रदायकको नेटवर्कमा बन्द भएका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर चल्न थालेका छन् ।