कीवर्डहरू -

अपडेट

‘अप्टिकल फाइबर’ तार चोरेर भारततर्फ लैजाँदै गर्दा पाँच जना पक्राउ

झापाको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय नकलबन्दाको टोलीले तार चोरी गरी लैजादै गरेको शंका लागेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ती गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

अपडेट

नेपाल टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा

नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले संविधान दिवस अफर २०८२ सार्वजनिक गरेको छ।

बच्चाको च्याटजीपीटी चलाउने सीमा अब अभिभावकले निर्धारण गर्न सक्ने

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम आल्टम्यानले मंगलबार १८ वर्षमुनिका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै च्याटजीपीटीको प्रयोग…

बससेवाबाट हवाई टिकट काट्ने यात्रुलाई हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक

बससेवाबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन् । नेपालीको महत्वपूर्ण चाड दशैँ त…

अमेरिकामा टिकटक: ८० प्रतिशत स्वामित्व अमेरिकी लगानीकर्ताले लिने, नयाँ एप परीक्षणमा

अमेरिकामा टिकटक ‘बचाउने’ योजना अन्ततः स्पष्ट हुँदै गएको छ। मंगलबार द वाल स्ट्रीट जर्नलले यसबारे थप विवरण सार्वजनिक…

स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताले पनि अब आफूले चाहेको गीत सर्च गरेर प्ले गर्न सक्ने

स्पोटिफाइले आफ्नो लसलेस स्ट्रिमिङ सेवा पेड सब्सक्राइबरका लागि सार्वजनिक गरेपछि अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि नयाँ सुविधा …

ओपनएआईले सार्वजनिक गर्‍यो नयाँ जीपीटी ५ कोडेक्स

ओपनएआईले सोमबार आफ्ना एआई कोडिङ एजेन्ट कोडेक्सका लागि नयाँ संस्करण जीपीटी ५ कोडेक्स सार्वजनिक गरेको छ। यो मोडेलले अघिल्ला संस्क…

उद्योग विभागमा आगजनी हुँदा ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट

उद्योग विभाग अन्तर्गतको ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट भएका छन् । 

आन्तरिक मेमोरी कि एसडी कार्ड ? फोन स्टोरेज बढाउन कुन प्रयोग गर्ने ?

आजको समयमा स्मार्टफोन केवल कल गर्ने उपकरण मात्रै होइनन्, बरु हाम्रो डिजिटल जीवनको एक महत्वपूर्ण हिस्सा बन्न पुगेका छन्।

स्न्यापले आफ्नो एआई चश्माका लागि सार्वजनिक गर्‍यो स्न्याप ओएस २.०

सामाजिक सञ्जाल स्न्यापले आफ्नो एआर चश्मा स्न्याप स्प्याक्टिकल्सका लागि नयाँ सफ्टवेयर स्न्याप ओएस २.० सार्वजनिक गरेको छ । यस संस्करणमा न…

आईओएस २६ को बेटा भर्सन सार्वजनिक, अहिलेसम्मकै ठूलो भिजुअल परिवर्तन

एप्पलले लामो प्रतीक्षा गरिएको नयाँ सफ्टवेयर आईओएस २६ को बेटा भर्सन सार्वजनिक गरेको छ। यो संस्करण अहिलेबाटै उपयुक्त आईफोन प्रयोगक…

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नामम…

बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार पनि

मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन …

यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि नागरिक एपमा देखिन छोड्यो लाइसेन्सको अप्सन

नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हट…

पेनस्के मिडियाले हाल्यो गुगलको एआई ओभरभ्यूजविरुद्ध मुद्दा, ट्राफिक र राजस्व घटेको आरोप

गुगलको एआई ओभरभ्यूज (AI Overviews) ले गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । रोलिङ स्टोन, भेराइटी, बिलबोर्ड लगायतका मिड…

एनसेलले भन्यो: हामी फेरि उठ्ने छौं

जेनजी प्रदर्शनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकमसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्…