अपडेट
वैकल्पिक विधिबाट पठनपाठन
बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना सङ्क्रमणका कारण आगामी वैशाखभर मुख्य सहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिहाल्नुपर्ने बताए । कतिपय विद्यालयले मङ्गलबारदेखि नै अनलाइन कक्षा आरम्भ गरिसकेका छन् ।
सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ ।
विद्यालयले आफ्नो विद्यार्थी सङ्ख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँचलगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् । विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ ।
अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने जानकारी प्रवक्ता शर्माले दिए ।
यसैबीच विद्यालयले भौतिक कक्षा सञ्चालन नगरे पनि पूर्वनिर्धारित परीक्षा तालिकालाई निरन्तरता दिन सक्ने छन् ।
पूर्वनिर्धारित तालिकालाई यसले कुनै असर नगर्ने र अब वैशाख महिनाभरका लागि भने नयाँ तालिका जारी गर्न नहुने
जनाइएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
अपडेट
अमेजन फायर टिभीमा अब सिनेमाघर एप उपलब्ध हुने
पछिल्लो समय विश्वमा ओभर दि टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर व…
टिकटकमा भिडियो अपलोड गर्न समस्या, स्याडोब्यान गरेको आशंका
टिकटकमा धेरै प्रयोगकर्ताहरुले अहिले भिडियो अपलोड गर्न सकिरहेका छैनन् । एप चलाउन म…
राष्ट्र बैंकबाट अनुमति पाउने भुक्तानी सेवा प्रदायक २८ पुगे, अब अरुले नपाउने
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गर्ने भुक्तानी सेवा प्रदायकको संख्या २८ पुगेको छ। केही दिनअघि राष्ट्र बैंकले स…
मङ्गल ग्रहमा नासाले उडायो हेलिकप्टर
नासाले सफलता पूर्वक मङ्गल ग्रहमा हेलिकप्टर उडाएको छ । हेलिकप्टरको नाम इनजेन्यूटी हो…
एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना
एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना युवा पर्न सफल …
अब खल्तीबाटै बुटवल पावर कम्पनीको विद्युत महशुल भुक्तानी गर्न सकिने, यस्तो छ तरिका
बुटवल पावर कम्पनी (बिपिसी) को ग्रामिण तथा सहरी दुवै क्षेत्रको विद्युत महशुल अब खल्त…
१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी
यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भ…
गूगल क्रोममा नयाँ फिचर, प्रयोगकर्ताहरु सिधै हाईलाईट गरेको पेजमा पुग्न सक्ने
गूगलले क्रोम ९० को लागि नयाँ फिचर ल्याएको छ जसले गर्दा प्रयोगकर्ताहरु सिधै हाईलाईट…
अब अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल गर्ने
अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल पनि गरिदिने सेवाको जाँच गरिरहेको छ । …
इन्टरनेटमा दशथरि कर, आईस्पान अध्यक्ष पराजुली भन्छन्ः नीति एकातिर व्यवहार अर्कातिर भयो
सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवामा राखिसकेको छ । कोरोना भाइरस संक्रमणपछि इन्टरन…
नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरू हुँदै
लैङ्गिक समानताका लागि भारतीय सुनिल जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डट…
पीएमपीएल दक्षिण एशियाको विजेता बन्यो नेपाली पब्जी टिम डीआरएस, जित्यो २० लाख रूपैयाँ
नेपाली पब्जी टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण ए…
जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा शुरू
मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्य…