अपडेट
प्रदेश २ मा छोरीको घरमा निःशूल्क इन्टरनेट जडानको तयारी
प्रदेश- २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ ।
छोरी शिक्षा बीमा गराएका २६ हजार ९ सय ५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत २ माघ २०७६ यता बीमा गराएका छोरीहरूको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिइन् ।
गत २ माघदेखि प्रदेश २ का १ सय ३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताइन् ।
उनले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताइन् ।
प्रदेशका सबै १ सय ३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ ।
सुबिसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ ।
जसमा छोरी जन्मिनेबित्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर तीन लाखको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् ।
सुरुमा २०७५ मा योजना एक जना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो ।
मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९ सय ५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४ सय ५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो ।
प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न २१ असोज बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो ।
मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बैठकले पुनः छोरी शिक्षा बीमा सुरु गर्ने, प्रभावकारी ढङ्गले अगाडि बढाउने, इन्टरनेट जडान गर्नेलगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिए ।
अब अर्को बैंकसँग छोरी शिक्षा बीमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम सुरु हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । रासस
अपडेट
फुडमाण्डु र डक्टर्स अन कल नेपाल बीच सहकार्य
आफ्नो क्षेत्रमा सबैभन्दा पहिलो, फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको दस वर्ष पुरानो …
नेपालमा बढ्दै विद्युतीय फोहोर, एक वर्षमै उत्सर्जन हुन्छ २४ लाख किलो फोहोर
मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को…
पानासोनिकले सार्वजनिक गर्यो वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब
पानासोनिक लाइफ सोलुसनले भारतमा वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब निकालेको छ । यसक…
स्मार्टको फेस्टिभ अफर, ८ जीबी डेटा सहितको सीम निःशूल्क पाइने
स्मार्ट टेलिकमले फेस्टिभल अफर सार्वजनिक गरेको छ । स्मार्टले ८ जीबी डेटा सहित निशूल्क…
दशैं सुरक्षा योजना: सादा पोसाकमा प्रहरी परिचालन हुने, ड्रोन पनि प्रयोग गर्ने तयारी
प्रहरी प्रधान कार्यालयले कोरोनालाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना …
गूगल मीटमा अब ब्रेकआउट रुम फिचर
गूगल मीटमा ब्रेकआउट रुम फिचर उपलब्ध भएको छ । यो फिचरले शैक्षिक तथा अरु विधाहरुला…
युट्युबलाई शपिङ थलो बनाउदै गूगल
गूगलले यूट्युबलाई चाँडैनै शपिङ गर्ने थलो बनाउने सोचिरहेको छ । ब्लुमबर्गको अनुसार यूट्युबले केही दिन अघि देखि नै क्…
अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने
अमेरिकी चुनावको एक महिना जति मात्रै बाँकी हुदा ट्वीटरले केही अस्थायी परिवर्तनहरु …
प्रभु डिजिटल अब पब्लिक कम्पनी, आईपीओ जारी गर्ने बाटो खुल्यो
प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान ग…
छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै
दार्चुला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र …
गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउदै
गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउने भएको छ । प्रयोगकर्ताहरुले कहिल…
बिट डिफेन्डर एन्टिभाइरस खरिदमा ५१ प्रतिशतसम्म छुट
बिट डिफेन्डरको टोटल सेक्युरिटी खरिद ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । बिट डिफेन्डर…
किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका
यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वा…
अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा
डिसहोम फाइबर नेटको सेवा कपन र जोरपाटीमा पनि उपलब्ध भएको छ । डिशहोमले यअघि फाइब…
मंगलबार सार्वजनिक हुँदै आइफोन १२
एप्पलले आइफोन १२ अक्टोबर १३ अर्थात आगामी मंगलबार सार्वजनिक गर्ने भएको छ । यस ईभेन्ट…