अपडेट
५० जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट
विभिन्न ५० जिल्लाका सार्वजनिक निकायहरूमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने काम सम्पन्न भएको छ । देशैभरका सार्वजनिक निकायमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने उद्देश्यसाथ सञ्चालन गरिएको उक्त परियोजनाअन्तर्गत अन्य दस जिल्लामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
कुल पाँच अर्ब ६७ करोड रुपियाँ लगानी अनुमान गरिएको परियोजनाअन्तर्गत अन्य १४ जिल्लामा भने ब्रोडब्यान्ड नेटवर्क जडानका लागि सेवा प्रदायक छनोट भई निर्माणको काम अगाडि बढाइएको प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणले यो परियोजनाअन्तर्गत स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट जडानको काम गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म ५५० स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान भइसकेको छ ।
त्यस्तै चार हजार ४७४ वडा कार्यालय, तीन हजार ७९२ माध्यमिक विद्यालय र तीन हजार १५३ स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम पूरा भएको छ ।
कुल १८ प्याकेजमा विभाजन गरिएको परियोजनाअन्तर्गत १५ हजार ९८२ निकायहरूमा इन्टरनेट पु¥याउने लक्ष्य राखिएको छ । जसमध्ये हालसम्म ११ हजार ९६९ अर्थात् लक्ष्यको ७४.८९ प्रतिशत निकायहरूमा इन्टरनेट जडान भएको हो ।
प्राधिकरणका अनुसार हालसम्म काभे्र, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, गोरखा, धादिङ्, मकवानपुर, जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा ब्रोडब्यान्ड इन्टरनेट जडानको काम पूरा भइसकेको छ ।
त्यस्तै, डोल्पा, जुम्ला, हुम्ला, मुगु, बारा, पर्सा, रौतहट, सर्लाही, धुनुषा, महोत्तरी, सप्तरी, सिराहा, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, सङ्खुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, अछाम, बझाङ, बाजुरा, दैलेख, सुर्खेत सल्ल्यान, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, बागलुङ, मनाङ, मुस्ताङ र म्याग्दीका तोकिएका निकायमा पनि शतप्रतिशत ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न भएको छ ।
त्यस्तै कास्की, लमजुङ, तनहुँ, पर्वत र स्याङ्जामा ५० प्रतिशत बढी काम सम्पन्न भइसकेको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले काम सम्पन्न भएका जिल्लामा मापदण्डअनुसार काम भए नभएको अनुगमनलाई पनि अगाडि बढाएको छ । जसमध्ये पाँचवटा परियोजनाको अनुगमन र प्रमाणीकरणका काम सम्पन्न भइसकेको छ । दुईवटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणको प्रमाणीकरणको काम भइरहेको छ ।
चारवटा परियोजनाको दोस्रो चरणको प्रमाणीकरणको काम भइरहेको छ भने एउटा परियोजनाको कार्य क्षमता अनुगमनको काम भइरहेको अवस्था छ ।
यो परियोजनाका लागि ग्रामीण दूरसञ्चार विकास कोषबाट विनियोजित बजेटमध्ये हालसम्म दुई अर्ब ९८ करोड रुपियाँ सेवा प्रदायकहरूलाई भुक्तानी भइसकेको पनि प्राधिकरणले जनाएको छ । गोरखापत्र अनलाइन बाट
अपडेट
रेजिलियन्स टेक लिडरसीपको थिममा टेक वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
टेक वेबिनार नेपालले रेजिलियन्स टेक लिडरसीपको थिममा कार्यक्रम आयोजना गर्ने भएको छ …
सेवा लिने ग्राहक बढेपछि टुटलको सिस्टम स्लो
नेपाली राइड शेयरिङ कम्पनी टुटलको सिस्टम स्लो भएको छ । पठाओ सञ्चालन नभएपछि टुटलबाट…
मेरो शेयर तथा ७६ वटा डिपीको डिम्याट खाता नविकरण शुल्क अब खल्तीबाटै तिर्न सकिने
खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग लिमिटेडकाे सहकार्यमा अब मेराे स…
शे-फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा शुर…
पठाओको लोगो अङ्कित कपडा लगाउन रोक, राइड भने निर्वाध सञ्चालन हुने
कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्राल…
शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान
शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा …
गेमिङ एप डिस्कोर्ड खरिद गर्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले गेमिङ एप डिस्कोर्ड खरिद गर्न सक्ने भएको छ। भेन्चरबीटको रिपोर्ट अनुसार म…
मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी
एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।
मोबाइल व्यवसायलाई बन्द गर्दै एलजी
एलजीले आगामी दिनमा मोबाइल व्यवसायलाई बन्द गर्न सक्ने भएको छ ।
पठाओका राइडर र ट्याक्सी चालक बीच झडप
काठमाडौंको गोंगबुमा पठाओका राइडर र ट्याक्सी चालक बीच झडप छ । सोमबार ट्याक्सी चालक…
दुईसय बढी देशहरुबाट अब इसेवामा रकम पठाउन सकिने
अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा…
डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने भएका छन् । डोना…
एन्ड्रोइडमा एप नचल्ने समस्या
सोमबार केही एन्ड्रोइड प्रयोगकर्ताहरुले एप चल्न छोडेको नोटिफिकेसन पाएका थिए । यसमा …
नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपलाई लगानी जुटाइदिने
नेपाल उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाइदिने भ…
डिशहोमको प्लस मूभी च्यानलको एक दशक पुरा
टेलिभिजनमा नेपाली चलचित्र मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिसहोमले सु…