अपडेट
नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा रकम मध्येबाट रु.५५ प्रति शेयरका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७३÷७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले साधारणसभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको दशौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिबेदन पेश गर्दै उहाँले कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताउनु भयो । उहाँले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गण्ुाात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले आर्थिक वर्ष २०७३÷७४ मा खुद मुनाफा रु. १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको र गत आ.व.को तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई नवीनतम प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको जानकारी दिनुभयो ।
उहाँले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने मुलुकको अति विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताउनु भयो ।
यसै सिलसिलामा समीक्षा अवधिमा कम्पनीको योगदान महत्वपूर्ण रहेको र उपभोक्ताहरूलाई नवीनतम तथा विश्वस्तरीय प्रविधिमार्फत उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यअनुरुप समीक्षा वर्षमा नेपालमै पहिलो पटक ीत्भ् प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा ९द्धन्० शुरु गर्न सफल भएको साथै द्धन्र ीत्भ् सेवा देशैभरि विस्तार गर्न गरिएको टेन्डरमा प्राप्त प्रस्तावहरु हाल मूल्याङ्कनको प्रक्रियामा रहेको जानकारी गराउनु भयो । \\
सो अवसरमा उहाँले सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर वृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्ने कार्यको शुरुवात गरिएको र यस प्रविधिअन्तर्गतका एक्सचेन्जहरूमा शतप्रतिशत एडीएसएल सेवाको क्षमता हुने भएकोले ग्राहकको मागअनुरुप एडीएसएल लाइन उपलब्ध गराउनसमेत सम्भव हुने जानकारी दिनुभयो ।
कम्पनीबाट सञ्चालित आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले आयोजना कार्यान्वयनको अनुगमन प्रणालीलाई प्रभावकारी बनाई कम्पनीको सेवा विस्तार तथा सेवाको गुणस्तर कायम गर्न अहम् भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया शुरु भएको समेत जानकारी दिनु भयो । उहाँले रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी यसका लागि आवश्यक तयारी कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो ।
कम्पनीका अध्यक्षले साधारण सभामा शेयरधनीले उठाउनु भएका विभिन्न प्रश्नको जवाफ दिदै कम्पनीका अगाडि हाल अवसर र चुनौती दुवै भएको बताउदै आगामी दिनमा कम्पनी सेवा र लगानी विस्तार, सेवाको व्यावसायिकरण तथा प्रतिस्पर्धात्मक भावनाका साथ अगाडि बढ्ने बताउनु भयो । यसका लागि कम्पनी फोरजी, अप्टिकल फाइबर, माइक्रोवेभ लिंक, रणनीतिक साझेदार आदि क्षेत्रमा विभिन्न योजना निर्माणका साथ अगाडि बढिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा शेयर धनीहरुलाई अझ बढी प्रतिफल दिने उद्देश्यका साथ कम्पनीलाई अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
कम्पनीले कम्पनी ऐनले तोकेको समय भित्र नै यो साधारणसभा सम्पन्न गर्न सफल भएको छ । शेयरधनीहरुलाई लाभांश रकम आगामी माघ २ गते देखि उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो लाभांश रकम अहिले सम्म वितरण गरिएको लाभांश रकम मध्ये सवैभन्दा बढी हो ।
अपडेट
चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै
आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिक…
नया दिल्लीमा सार्बजनिक भयो सगुनको मोबाइल एप
नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप् सार्बजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्य कार्यक्रमका बीच सगुनको एप सा…
ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत
ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …
काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै
नेपाल इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' न…
बुटवलमा फागुन २ गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने
क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४ फाल्गुण २ गते देखि ६ गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४ देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल…
सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम
सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सा…
जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नया वर्ष २०१८ को भव्य स्वागत
काठमाडौं– ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया…
आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट
यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले यस बर्ष पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपम…