कीवर्डहरू -

अपडेट

कारखानाको एक हप्ते कार्यक्रम ‘कारखाना मेला’ स्थगित

फाल्गुन २४ गते देखि चैत्र १ गते सम्म हुने भनिएको कारखानाको एक हप्ते कार्यक्रम ‘ कारखाना मेला स्थगित भएको  छ ।

सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको  अपिललाई ध्यानमा राखि सुरक्षालाई प्राथमिकता दिदै कारखानाले एक हप्ते लामो कार्यक्रम कारखाना मेला स्थगित गरेको  हो।

यद्यपि शिक्षा क्षेत्रका व्यक्तित्वहरुले भने  व्यक्तिगत रुपमा वा सानो संख्यामा भ्रमण गर्न सक्नेछन् । कारखाना एक नेपाली शैक्षिक संस्था र बालबालिकाहरुका लागि सिकाईका अनुभवहरू डिजाइन गर्ने  मेकरस्पेसको रुपमा चिनिन्छ।

राजधानी काठमाडौंबाट पोखरा, विराटनगर, बुटवल, चितवन लगायत इंडिया, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा पनि कारखानाका कार्यक्रमहरु फैलिएका छन् ।

६० जना उस्तै विचारधाराका भएका व्यक्तिहरूको टोलीले यो संस्था चलाउँदै आएका छन्। कारखानाले प्रत्येक हप्ता लगभग ६००० जना विद्यार्थीहरूलाई स्टीमका (Science, Technology, Engineering, Arts & Design, Mathematics) कार्यक्रमहरू संचालन गरिरहेको छ ।

२०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने हो ।

\"\"

नेपाली विज्ञान पाठ्यक्रम र सिकाई पद्धती राम्रै सैद्दान्तिक ज्ञान दिन्छ तर व्यवहारिक विज्ञान सिकाई र पढाईको भने ठूलो अभाव छ । कारखानाका किताब र विज्ञान विषयको पढाई सामग्री (kits) विशेषगरी शिक्षकले भोग्ने चुनौतीलाई सोचेर तयार पारिएको छ ।

त्यसकारण  किट्सहरु (kits) थोरै मुल्यमा उपलब्ध छन् र यसको लागि विशेष ल्याब (lab) आवश्यकता पनि पर्दैन । यी किट्स प्रयोग गर्नको लागि हरेक कक्षाकोठा नै ल्याब हुन् ।

संगसंगै २१ औं शताब्दीमा सान्दर्भिक हुनका लागि बालबालिकाले आफ्नो ज्ञानलाई किताबभन्दा बाहिर पनि विस्तार गर्नुपर्छ भन्ने कुरामा कारखानाले जोड दिएको छ ।

बालबालिकालाई रमाइलो लाग्ने खालका विषय – प्रविधि, गेमिङ (gaming), रोबोटिक्स (robotics), एनिमेसन (animation), क्राफ्ट (craft) जस्ता कार्यक्रम तयार परेर बालबालिकाहरुलाई सफ्ट स्किल (soft skills) र क्रिटिकल थिङ्किङ (crtitical thinking) सिकाउन काम कारखानाले गरिराखेको छ ।

\"\"

यस फाल्गुन २४ गते हुन लागेको कारखाना  मेला उद्घाटन समारोह, फाल्गुन २५ को जेननेकस्ट पार्टी र अन्तिमको चैत्र १ गतेको भव्य सार्वजनिक कारखाना मेलालाई स्थगित गरिएको छ।

कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोगहरूका प्रमुख, तथा सुरक्षा बल, खेलकुद, संगीत र चलचित्र उद्योगका व्यक्तित्वहरुलाई पनि आमन्त्रित गरिएको थियो ।

चैत्र १ गतेको सार्वजनिक मेला भने विभिन्न क्षेत्रका व्यक्तित्व, विध्यालय  व्यवस्थापक, शिक्षकवर्ग तथा अभिभावकजन र बालबालिकाहरुलाई विशेष लक्षित गरि तयार पारिएको देखिन्छ।

यद्यपि इच्छुक विध्यालय  व्यवस्थापक वा शिक्षकवर्गका लागि भने फाल्गुन २४ गते देखि चैत्र २ गते सम्म कारखानाको स्थलगत भ्रमण  खुल्ला रहनेछन।

स्थलगत भ्रमण व्यक्तिगत र साना समूहमा गर्न सकिने आयोजकहरुले जनाउनु भएको छ।कारखानाको स्थलगत भ्रमणबाट यी विचार धारालाई अझै गहिरो रुपमामा बुझ्न सकिनेछ ।

अपडेट

इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस ‍

नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस …

महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर 

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुन नियुक्त हुनुभएको छ । नया…

डिजिटल शिक्षालाई सघाउन निमा एकेडेमी र इ - शिक्षाले सहकार्य गर्ने  


विश्व डिजिटलमा रुपान्तरण भइरहेको समयमा शिक्षा पनि प्रविधिमैत्री हुदै गइरहेको छ । शिक्षा नै त्यस्तो मुख्य आधार हो, जसले समाजसँगै देशको रुपान्तरणमा म…

बीमा कम्पनीहरुलाई आइटी अडिट अनिवार्य

नेपालका बीमा कम्पनीहरुले अब अनिवार्यरुपमा आइटी अडिट गर्नुपर्ने भएको छ । बीमा समितिले सूचना प्रविधि (आइटी) निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको लागि अन…