अपडेट
भन्सार छलेर ल्याइएको ३५ लाख बराबरको मोबाइल सेट बरामद
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले भन्सार छलेर ल्याइएको एकसय सात थान मोबाइल फोनका सेट बरामद गरेको छ।
प्रहरीको टोलीले विरगंजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको बस चेकजाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।
प्रहरीले करिब ३५ लाख बराबर मूल्यको मोबाइल सेट बरामद गरेको छ । बरामद भएका मोबाइल फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।
मोबाइल फोनका सेटहरु चालक बस्ने पछाडी सेतो टेपले बरेर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
अपडेट
जुम्लामा नेपाल टेलिकमकाे फोरजी सेवा सुरू
जुम्ला । नेपाल टेलिकम शाखा जुम्लाले फोरजी सेवा सञ्चालन गरेको छ । सदरमुकामलाई लक्षित गरी तीनवटा स्तम्भबाट फोरजी सेवा विस्…
बजारमा नयाँ एन्टिभाइरस ‘वार्डविज’
गोदावरी नगरपालिका–३ टौखेलमा अवस्थित किटिनी माध्यमिक विद्यालयमा पहिलो पटक बृहत् विज्ञान प्रदर्शनी गरिएको छ । विद्यालयमा अध्…