अपडेट
कस्ता छन् इन्ड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू ?
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन एन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ ।
पुस ५ गते शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको भव्य ग्राण्ड फिनाले कार्यक्रममा विभिन्न १५ विधामा आइसिटी अवार्ड र सातै प्रदेशका एक एक उत्कृष्ट स्टार्टअप रिकग्निसन प्रदान गरिएको थियो ।
आइसिटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा ८०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीहरूले २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए ।

करिब ६ महिनासम्म सञ्चालन भएको छनौट प्रक्रियामा प्रि-इभेन्टको रूपमा सातै प्रदेशमा स्टार्टअप मिटअप, २ दिने स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प तथा मेन्टरिङ, इन्डष्ट्री भिजिट, फिल्ड भिजिट, स्पीड डेटिङ तथा प्रिजेन्टेसन, कान्तिपुर टिभीबाट विशेष कार्यक्रम शृंखला लगायत करिब दर्जन कार्यक्रम सञ्चालन भएका थिए ।
यस्ता छन् आइसिटी अवार्ड २०२४ का विजेताहरू
क्रिमसन टेक
क्रिमसन टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान गरिएको छ । सन् २०२२ मा स्थापना भएको क्रिमसन टेकले बनाएका प्रडक्टहरू नेपालसहित भारतका विभिन्न निर्माण उद्योगमा प्रयोग भइरहेका छन् । कम्पनीले कम्प्युटर भिजन, एआई, मेसिन लर्निङ, अटोमेसन, सफ्टवेयर डेभलपमेन्ट, डिजाइन, आईओटी लगायतका सेवा प्रदान गर्दै आएको छ ।

एपीआई म्यानेजमेन्ट सिस्टम
प्रडक्ट आइसिटी अवार्ड २०२४ एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) ले जित्न सफल भएको छ । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरहेको यो सिस्टमले एपीआई क्रिएट गर्ने, म्यानेज गर्ने र एकीकृत गर्ने काम गर्दछ ।

स्पिकअप नेपाल
विद्यार्थीका आईटी परियोजनाहरूलाई लक्षित गरिएको राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड यस वर्ष स्पिकअप नेपालले पाएको छ । स्पिकअप नेपाल नेपालको पहिलो अनलाइन पेटिसन प्लेटफर्म हो । नेशनल कलेजका विद्यार्थीले विकास गरेको यस प्लेटफर्मबाट सानादेखि ठूलासम्मका कुनै पनि विषयमा आफ्नो आवाज उठाउन र सम्बन्धि निकाय समक्ष दबाब सिर्जना गर्न सकिन्छ । स्पिकअप नेपाललाई जेनेस सोलुसनले ५०० अमेरिकी डलर बराबरको एडब्लुएस क्रेडिट भौचर समेत प्रदान गरेको छ ।

जियोकृषि
द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्ड पाउन सफल इन्नोभेसन हो, जियोकृषि । जिओकृषिले किसान, प्राविधिक, सप्लायर, बजार र स्थानीय सरकारलाई एउटै प्लेटफर्ममा जोड्दै कृषि इकोसिस्टम विकासमा काम गरिरहेको छ ।

ज्याप सर्भिसेस
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप, १३ प्रडक्ट, १२ राइजिङ स्टार इन्नोभेसन र १३ सोसल इन्नोभेसनमध्येबाट सबैभन्दा धेरै पब्लिक भोट ल्याएर हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ जित्न सफल स्टार्टअप हो, ज्याप सर्भिसेस ।
ज्याप सर्भिसेस कोरोना महामारीमा सुरू भएको स्टार्टअप हो । डेलिभरी सेवा सजिलो बनाउन सुरू भएको स्टार्टअपले पछिल्लो समय नेपालकै पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल पनि सञ्चालन गरिरहेको छ ।

व्यक्तिगततर्फआइसिटी अवार्ड पाउने विजेताहरू
वैज्ञानिक डा. विशेष खनाल
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ वैज्ञानिक डा. विशेष खनालले प्राप्त गरेका छन् । एआई, मेसिन लर्निङ, कम्प्युटर भिजन, मेडिकल इमेजिङ, नेचुरल ल्याङ्वेज प्रोसेसिङ, हेल्थकेयर एआईमा विशेष दख्खल रहेको उनले नामी संस्था सुरू गरेर नेपाली प्रतिभालाई विश्वको वैज्ञानिक समुदायसँग जोड्ने काम गरिरहेका छन् भने नेपालमा पनि एआईलाई स्वास्थ्य सेवासँग जोड्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय नामीलाई विश्वकै उत्कृष्ट एआई केन्द्रको रूपमा विकास गर्नमा केन्द्रित छन् ।

वन्दना शर्मा
सन् २०२४ को एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुख बन्दना शर्माले पाएकी छन् । सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई वुमन आइकन आइसिटी अवार्ड प्रदान गरिन्छ । विगत १८ वर्षदेखि आईटी क्षेत्रमा क्रियाशिल रहेर नेपाल बैंकलाई प्रविधिमैत्री बनाउन उनको ठूलो भूमिका रहेको छ । उनलाई एनसेलले ३ लाख रूपैयाँ नगद पुरस्कार समेत प्रदान गरेको छ ।

प्रा.डा. सुरेशराज शर्मा
नेपालमा कम्प्युटर इन्जिनियरिङ शिक्षा सुरू गर्ने काठमाडौं विश्वविद्यालयका संस्थापक प्रा.डा. सुरेशराज शर्माले यस वर्षको पायोनियर आइसिटी अवार्ड प्राप्त गरेका छन् । प्राविधिक शिक्षाको विकास र वृद्धिमा अधिकांश उमेर व्यतित गरेको शर्माले नेपालको शिक्षा नीति बनाउन समेत महत्त्वपूर्ण भूमिका खेलेका शर्माकै पहलमा प्राविधिक शिक्षाको थालनी भएको थियो ।

मनोहर अधिकारी
फुडमाण्डुका संस्थापक मनोहर अधिकारीले आइसिटी अवार्ड अन्तर्गत आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ पाउन सफल भएका छन् । सन् २०१० मा संसारकै लागि नौलो अनलाइन व्यवसाय फुडमाण्डु सुरू गरेर धेरैको प्रेरणाको स्रोत बनेका उनले फुडमाण्डुमा प्रत्यक्ष रूपमा करिब ५०० जनालाई रोजगारी दिएका छन् ।

नामी बराल
नामी बराललाई यस वर्षको नेपाली डायस्पोरा आइसिटी अवार्ड प्रदान गरिएको छ । विदेशमा रहेर सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका नेपालीहरूलाई डायस्पोरा अवार्ड प्रदान गरिन्छ ।यस वर्ष नेपाली डायस्पोरा आइसिटी अवार्ड पाउने नामी बराले न्युरलकी संस्थापक हुन् ।
यसअघि उनले स्थापना गरेको फिनटेक स्टार्टअप हार्भेस्ट प्लेटफर्म सन् २०२१ मा अमेरिकाको सबैभन्दा ठूलो नियो बैंक एकर्न्सले किनेको थियो । सन् २०२२ देखि नामीले नेपाली प्रतिभा प्रयोग गरेरै ग्लोबल प्रडक्ट बनाउने गरी आफ्ना श्रीमान नवीन बाँस्कोटासँग मिलेर अर्को स्टार्टअप न्युरल सुरू गरेकी छन्, जसमा काम गर्ने अधिकांश नेपालीहरू छन् ।

संस्थागत तर्फ अवार्ड पाउनेहरू
आईएमई पे
आईएमई पेले यस वर्ष डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२४ प्राप्त गर्न सफल भएको छ । ४० लाख बढी प्रयोगकर्ता रहेको आईएमई पे, वालेटमा रहेको ब्यालेन्समा ब्याज दिने नेपालको एकमात्र डिजिटल वालेट हो । वित्तीय समावेशीतामा जोड दिदै आएको आईएमई पेले पछिल्लो समय नियो बैंक अवधारणामा काम गरिरहेको छ ।

सर्वोच्च अदालत
सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गरिरहेको सर्वोच्च अदालत यस वर्षको डिजिटल गभर्नेन्स आइसिटी अवार्डबाट सम्मानित भएको छ । सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन भौतिक रूपमा उपस्थित हुनु पर्दैन् । अनलाइनबाटै मुद्दा दर्ता गराउन सकिन्छ ।
यति मात्रै होइन, मुद्दाको अवस्था, सुनुवाई मिति र मुद्दा सम्बन्धि महत्त्वपूर्ण जानकारीहरू पनि अनलाइनबाटै प्रदान गर्ने व्यवस्था सर्वोच्चले गरेको छ । दैनिक पेशी सूचीको जानकारी अनलाइनबाट दिनुका साथै भर्चुअल सुनुवाईका लागि भिडियो कन्फेरेन्सिङ तथा विगतका निर्णय र फैसलाहरू पनि अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ । सर्वोच्चले औसतमा दैनिक ३६ सय र साप्ताहिक ७४ हजार एसएमएस पठाउने गरेको छ ।

सुकुना मावि
शिक्षण सिकाइ क्रियाकलापलाई डिजिटल बनाइरहेको मोरङको सुकुना माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२४ प्रदान गरिएको छ । २०२९ सालमा स्थापना भएको सुकुना माविमा ४२ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
विद्यालयले डिजिटल शिकाइका लागि शिक्षा चौतारी, माइ सेकेण्ड टिचर, ई-पुस्तकालय जस्ता प्लाटफर्मको प्रयोग गरिरहेको छ । शिक्षा सफ्टवेयरमार्फत विद्यार्थी, शिक्षक र अभिभावकलाई जोड्ने प्रयास गरेको छ । होमवर्क, परीक्षा र अपडेटहरुको लागि एपको पनि प्रयोग भइरहेको छ । विद्यार्थीहरु विद्यालयमा आउँदा र घर फर्कदा गेटबाट अटोमेटिक एटेन्डेन्स हुन्छ र अभिवावकलाई जानकारीको म्यासेज पनि पठाउँछ ।

एलआरआई स्कुल
यो वर्ष लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कुलले डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४ प्राप्त गरेको छ । प्रविधिमैत्री शिक्षा जोड दिएको निजी शैक्षिक संस्थालाई यो अवार्ड प्रदान गरिन्छ ।
यस वर्ष सम्मानित भएको एलआरआई स्कुलले काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलले मोबाइल एप, अफिस ३६०, क्यान्भा, कुमोन एप, आईड्रो, ई-पुस्तकालय लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रयोग गर्दै डिजिटल सिकाइमा जोड दिएको छ ।अत्याधुनिक कम्प्युटर ल्याब, एआई एण्ड रोबोटिक्स ल्याब रहेको विद्यालयले कोडिङ, एआई, रोबोटिक्स, साइबर सेक्युरिटी, ग्राफिक डिजाइनिङ लगायत समेत पढाउँदै आएको छ ।

हाइफेन एससीएस
साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२४ भारतको हाइफेन एससीएसले जित्न सफल भएको छ । दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसन प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड प्रदान गरिदै आइएको छ ।
यस वर्ष साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड पाउने भारतको हाइफेन एससीएसले वेरहाउजिङ र फुलफिलमेन्ट इकोसिस्टमलाई रूपान्तरण गर्न काम गरिरहेको छ । सन् २०२३-२०२४ कम्पनीले ८ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ । यसले रिलायन्स, आईटीसी, बर्जर पेन्ट्स लगायत १४० बढी क्लाइन्टलाई सेवा प्रदान गरिरहेको छ ।

सातै प्रदेशका उत्कृष्ट स्टार्टअप
आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मानित गरिएको छ । प्रदेशमा रहेर आईटीको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअपहरूलाई यो सम्मान गरिएको हो । यसका लागि नोमिनेसन खुला गर्नुका साथै आयोजकले सातै प्रदेशमा स्टार्टअप मिटअप गरेको थियो ।

यस्ता छन् अवार्ड पाउने सात प्रदेशका सात स्टार्टअप
डेल्टा टेक
विराटनगर स्थित डेल्टाटेक प्रालिले डेल्टासेल्स एप इआरपी लगायत सफ्टवेयरहरुमा काम गरिरहेको छ, जसले नेपाल र भरतमा गरेर २५ बढिलाई रोजगारी प्रदान गरेको छ ।
तेजस टेक
वीरगञ्जबाट सुरु भएको तेजस टेकले स्वास्थ क्षेत्रमा विभिन्न सफ्टवेयर र एप्लिकेसनमार्फत काम गरिरहेको छ । कम्पनीले २० बढीलाई रोजगरी सिर्जना गरेको छ ।
अभियान्त्रिक कर्मशाला
नेपालमै इभीका अटोमोवाइल्स र अन्य प्रविधिमा काम गरिरहेको अभियान्त्रिक कर्मशाला कम्पनी भक्तपुरमा अवस्थित छ । कम्पनीले १० बढीलाई रोजगारी दिइरहेको छ ।
आकाश डिजिटल
पोखरामा स्थापित आकाश डिजिटलले सहकारी तथा माइक्रोफाइनान्सलाई डिजिटलाइज गर्नेगरी देशैभरी सेवा विस्तार गरिरहेको छ, जसमा २० बढी कर्मचारी रहेका छन ।
निन्जा इन्फो
नेपालगञ्जमा अवस्थित निन्जा इन्फोसिसले स्थानिय पालिका प्रदेश र अन्य सस्थाहरुलाई सफ्टवेयर र आइटी सेवा प्रदान गरिरहेको छ । यसमा २० बढीले रोजगारी प्राप्त गरेका छन ।
बिजनेश अनलाइन सर्भिस
सुर्खेतमा रहेका बिजनेश अनलाइनले डिजिटल मार्केटिङ र आइटी सर्भिसमा काम गरिरहेको छ । कम्पनीले ५ जनालाई रोजगारी प्रदान गरेको छ ।
फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर
धनगढीमा रहेको फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर कम्पनीले आइटी रिसर्च र सर्भिसमा काम गरिरहको छ । कम्पनीमा अहिले १० जनाले काम गरिरहेका छन् ।
अपडेट
फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न, नेपालको फाइभजीमा हुवावेले सहयोग गर्ने
प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको 'फ्युचर कनेक्ट समिट २०२५' सम्पन्न भएको छ । &…
शार्क ट्यांक नेपालको औपचारिक घोषणा, यी हुन् पाँच शार्क
शार्क ट्यांक नेपालका पाँच जना शार्क सार्वजनिक गरिएको छ । सोमबार शार्क ट्यांक नेपालको ओैपचारिक घोषणासँगै ५ जना शार्क समेत सार्वज…
ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर २०२४ समापन
हुवावे नेपालले हुवावे टावर, हात्तिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री …
सचेतना नहुँदा नेपालमा अनलाइन यौन दुर्व्यवहार र साइबर बुलिङका घटना बढ्दै
तीव्र रूपमा विकसित भइरहेको डिजिटल परिवेशमा बालबालिकाले अनलाइनमा सामना गररिहेका जोखिम र चुनौतीहरू समाधान गर्न तथा बालबालिक…
शार्क ट्यांक नेपाल हिमालय टिभीबाट प्रसारण हुँदै, को को होलान शार्क ?
विश्वचर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ हिमालय टिभीबाट प्रसारण हुने भएको छ । सोमबार शार्क ट्यांक …
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क फोन गर्न सकिने, यी हुन नम्बर
नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बर समेत समावेश गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा…
नेपाल टेलिकमले प्रति शयेर ३० रूपैयाँ नगद लाभांश वितरण गर्ने
नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा प्रति शयेर ३० रूपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु
खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्य…
पठाओ सुपरफेस्ट पुस ६ गतेदेखि: केचप किन्दा बर्गर फ्री, १ रुपैयाँमा चिकन बिर्यानी
नेपालको अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ ।
…ज्याप सर्भिसेसले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४
ज्याप सर्भिसेसले पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ एलएमसी अलर्टले प्राप्त गर्न सफल भएको छ ।
…
द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ जियोकृषिलाई प्रदान
द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ जियोकृषिलाई प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भए…
क्रिमसन टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान
क्रिमसन टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइ…
एपीआईएमएसले जित्यो प्रडक्ट आइसिटी अवार्ड २०२४
एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) ले प्रडक्ट आइसिटी अवार्ड २०२४ जितेको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्…
भारतको हाइफेन एससीएसले प्राप्त गर्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२४
साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२४ भारतको स्टार्टअप हाइफेन एससीएसले पाएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोज…
स्पिकअप नेपालले जित्यो राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२४
स्पिकअप नेपाललाई राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२४ प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्…