कीवर्डहरू -

अपडेट

अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई १२ लाखसम्म अनुदान दिदै नास्ट, प्रस्ताव पेश गर्न आह्वान

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई बजेट उपलब्ध गराउने भएको छ । 

एक सूचना प्रकाशित गर्दै नास्टले चालु आर्थिक वर्ष २०८१/०८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत १२ लाखसम्म अनुदान उपलब्ध गराउन जानकारी दिएको हो । 

विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक ४० वर्ष ननाघेका युवा वैज्ञानिक एवं प्राविधिज्ञहरूले आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव प्रतिष्ठानको केन्द्रीय कार्यालय ललितपुरको खुमलटारमा पेश गर्न सक्ने छन् । 

अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति/समूहगतको अनुसन्धानका लागि पाँच लाख, संस्थागतको दश लाख र बहु विधागतको लागि बाह्र लाख रूपैयाँसम्म तोकिएको छ । 

माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि ५० हजार र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि १ लाख र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि १ लाख रूपैयाँसम्म अधिकतम बजेट सीमा रहेको छ ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट गत आव २०८०/०८१ मा प्रदान गरिएको अनुसन्धान अनुदानको बाँकी किस्ता रकम भुक्तानी दिनुपर्ने भएकोले सोको व्ययभार र प्रशासनिक खर्च कटाई बाँकी रकमबाट अनुसन्धान अनुदान प्रदान गरिने समेत बताइएको छ । 

विद्यालय स्तर र क्याम्पसस्तरका विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्नेछ । 

अनुसन्धान प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि, र अपडेटेड बायोडाटा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।

null 
 

अपडेट

प्राविधिक समस्या आएपछि इसेवाको सेवा अवरूद्ध

डिजिटल वालेट इसेवाको सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या आएपछि अस्थायी रूपमा इसेवाको सेवा अवरूद्ध भएको हो । 

अब फोन चोरी भएपनि डेटा चोरी नहुने, के हो एन्ड्रोइड १५ को थेफ्ट डिटेक्शन लक फिचर ?

स्मार्टफोन महँगो होस् या सस्तो । कुनै पनि प्रयोगकर्ताका लागि यो एउटा मूल्यवान डिभाइस हो । यहाँ हामीले मूल्यवान भन्नुको अर्थ …

एपिगा नेपाल २०२४ आयोजना गर्दै क्यान महासंघ, भदौ ४ सम्म अनलाइन आवेदन खुला रहने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एशिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ हुने …

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को आवेदन खुला, क-कसले दिन पाउँछन् आवेदन ?

सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को आवेदन खुला भएको छ । 

समाजको डिजिटल रूपान्तर…

बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन हुँदै, कसरी सहभागी हुने ?

डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discover…

आइएमईका सीईओ दिवाकर पौडेलको सम्हाले कार्यभार, डिजिटल रेमिटेन्स मुख्य प्राथमिकतामा

आइएमई लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । आइएमई  र जीएमई रेमिट  एक …

बेलायतमा रहेका नेपालीहरूले अब एपबाटै नेपालमा रेमिट्यान्स पठाउन सक्ने

निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेक…

राष्ट्र बैंकमा आईटी पढेकालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सहायक पदमा आवेदन माग गरेको हो ।&nb…

सार्वजनिक यातायातमा जीपीएस र गति सीमित गर्ने उपकरण जडान गर्न सरकारको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक यातायातमा जीपीएस ट्रयाकिङ प्रणाली र गति सीमित गर्ने उपकरण जडान गर्न व्यवसायीलाई निर्देशन दिएको छ ।

राष्ट्रिय यातायात व्यवस…

गोरखाको अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकामा टेलिकमको मोबाइल सेवा विस्तार

नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्के…

सीटीसी मलमा युएनभीको अत्याधुनिक शोरूम सञ्चालनमा

चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सीटीस…

एप्पलको लोगोमा आधा स्याउ हुनु पछाडिको कथा

विश्वको शीर्ष सूचना प्रविधि कम्पनी एप्पलको लोगाको रूपमा काटिएको स्याउलाई प्रयोग गरिएको छ । तर तपाई हाम्रो दिमागमा बेला बेला लोग…

नेपालको भैरव टेकलाई पेरिस २०२४ ओलम्पिकमा साइबर सुरक्षा प्रदान गर्ने अवसर

पेरिस २०२४ ओलम्पिक खेलकुदको आधिकारिक भर्चुअल अनुवाद सफ्टवेयर कूडो प्लेटफर्मको साइबर सुरक्षामा नेपाली साइबर सुरक्षा कम्पनी भैरव …

अब टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने

नेपाल टेलिकमले साउन ३० गतेदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाए…

ओपरा वान ब्राउजर आईओएसमा उपलब्ध

ब्राउजिङ कम्पनी ओपराले ओपरा वान आईओएस प्लेटफर्ममा समेत उपलब्ध गराएको छ । केही हप्ताको परीक्षण पश्चात ओपरा वान आईओएसमा आधिकारिक …