कीवर्डहरू -

अपडेट

सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सुरू गर्‍यो मनसुन क्याम्प

मनसुनको मौसमसँगै बढ्ने चिस्यान र पानीका कारण मोबाइलको चार्जिङ पोर्टमा हुने क्षतिलाई ध्यानमा राख्दै सामसङ नेपालले मनसुन क्याम्प सञ्चालनमा ल्याएको छ । यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ । 

यसअन्तर्गत, वारेन्टी अवधि भएको वा नभएको फरक नपारी, सामसुङ प्रयोगकर्ताले अधिकृत सामसुङ सेवा केन्द्रमा गएर क्षतिग्रस्त चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, श्रम शुल्क र अन्य आवश्यक अतिरिक्त पार्ट्सको लागत भने ग्राहकले आफैं व्यहोर्नु पर्नेछ ।

सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (सीएस) राजन भट्टराईले जुनसुकै मौसममा पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध रहेको बताए । 

'वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी मनसुन क्याम्पमार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन सुरक्षित रुपमा प्रयोग गर्न सकून्,' उनले भने ।

सामसङले सबै प्रयोगकर्तालाई यो सीमित अवधिको सेवाको अधिकतम लाभ लिन आग्रह गरेको छ। थप जानकारीका लागि र नजिकको सेवा केन्द्र पत्ता लगाउन, सामसुङ ग्राहक सेवामा सम्पर्क गर्न सकिने छ ।

अपडेट

मेगा मनसुन सर्भिस क्याम्प सुरु, स्पे​​​​​​​यर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट

फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ।

डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन

डिजिटल शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था निमा एजुकेसन फाउन्डेसनले डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । यससँगै डिजिटल नेपाल कन्क्लेभ २०२५ म…

च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार

ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्क…

द सोल्टी होटल्स एण्ड रिसोर्टमा एससीटी युनियन पे कार्डका ग्राहकहरूलाई छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ ता…

दराजको डिल्स हेरेको हेर्‍यै अभियान, ६० प्रतिशतसम्म छुटसँगै निःशुल्क होम डेलिभरी

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्‍यै घोषणा गरेको छ । साउन २३ गतेदेख…

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’

टिकटकले आज नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्र…

मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै, फोटोन सवारीहरू हुने निःशुल्क चेकजाँच

फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुन…

मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक

मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा  बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ। …

विन्डोज १० प्रयोगकर्ताका लागि माइक्रोसफ्टको एक्स्टेन्डेड सिक्योरिटी अपडेट सुरक्षा प्याच एक वर्ष थप

यदि तपाईं विन्डोज १० प्रयोगकर्ता हुनुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त आवश्यक छ। माइक्रोसफ्टले १४ अक्टोबर २०२५ पछि विन्डोज १० …

भिसाले नेपालमा खोल्यो कार्यालय, थापा नेपाल प्रमुखमा नियुक्त

विश्वकै अग्रणी डिजिटल पेमेन्ट कम्पनी भिसा इंकले नेपालमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौंमा स्थापित उक्त कार्यालयमार्फत …

मानसिक स्वास्थ्य र प्रयोगकर्ता सन्तुलनका लागि ओपनएआईले च्याटजीपीटीमा थप्यो ब्रेक रिमाइन्डर फिचर

गेमिङ वा सोसल मिडिया एप जस्तै अब मानिसहरूलाई च्याटजीपीटीको लत लाग्न थालेको छ। ओपनएआईका अनुसार, मानिसहरू च्याटजीपीटीमा घण्टौं…

सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट

सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको…

डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, २५ प्रतिशतसम्म छुटको सुविधा

देशकै अग्रणी डिजिटल सेवा प्रदायक कम्पनी डिशहोमले नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो का…

एनसेलले सुरू गर्‍यो भोल्टे रोमिङ सेवा

नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोम…

कक्षा १२ को नतिजा सार्वजनिक, अनलाइनबाट यसरी हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार साझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।&…