अपडेट
युए ह्याकाथन सम्पन्न, पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक
नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा शनिबार काठमाडौंमा आयोजना गरिएको ‘UA Hackathon Nepal 2025: Pioneering UA Ready Platforms’ कार्यक्रमले इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला चालेको हो ।
कार्यक्रममा सार्वजनिक गरिएको 'क्यान.संगठन' वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवातका रूपमा लिइएको छ । यसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
युनिभर्सल एक्सेप्टेन्सको अवधारणा अनुसार कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ । यस्तो प्रणालीलाई ‘UA-ready’ भनिन्छ । यसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन् । उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७० प्रतिशत नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा ईमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए ।
कार्यक्रममा युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको जनाए ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका कामहरू जस्तै नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणको स्मरण गरिन् ।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाली भाषामा डोमेनयुक्त वेबसाइट सार्वजनिक हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै मातृभाषालाई डिजिटल पहिचान दिलाउने महत्त्वपूर्ण कदम भएको समेत जानकारी दिए ।
कार्यक्रम सूचना प्रविधि विभाग, नेपाल सरकार, युनेस्को, एपीएनआईसी, नेपाल इन्टरनेट एक्सचेन्ज, वर्ल्डलिंक कम्युनिकेसन्स (इन्टरनेट पार्टनर), माभोरियन सिस्टम, हिकोल कलेज, र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुबैमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।
नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे । उनले .np डोमेनलाई नेपालीमै ल्याउने र रजिस्ट्री/रजिस्ट्रार मोडमा लैजानुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमका अन्य वक्ताहरूले भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने योजना रहेको जानकारी दिएन् ।
युए ह्याकाथन नेपालका टिम लिड बिबेक सिलवालका अनुसार, “हाम्रो उद्देश्य कार्यक्रममार्फत जनमानसमा यो सन्देश दिनु थियो कि वेबसाइटको सामग्री मात्र होइन, वेबसाइटसम्म पुग्न प्रयोग हुने डोमेन र किवर्डहरू पनि नेपाली भाषामै सम्भव छन्।
यस वेबसाइटको सुरुवात नेपाली डोमेन नेम उद्योगका लागि एक महत्वपूर्ण माइलस्टोन हो। अब हामीले सरकार, विशेषगरी डोमेन सम्बन्धी विभागको नेतृत्वमा बहुपक्षीय मोडलमार्फत ' नेपाल' डोमेनका लागि आवेदन दिनतर्फ अघि बढ्नुपर्छ।
साथै, वेबसाइटको सुरुवातसँगै ह्याकाथनको आयोजना गर्नुले हालै युवालाई नेपाली डोमेन र ईमेल स्वीकार गर्न सक्षम प्रणालीको निर्माण प्रक्रिया बारेमा जानकारी दिने प्लेटफर्म पनि प्रदान गरेको छ ।
कार्यक्रम दुई सत्र मा सम्पन्न भएको थियो। पहिलो सत्रमा करिब १०० जना सहभागी भएका थिए, जसमा आम सरोकारवाला, नीति निर्माताहरू, र प्रविधिमा चासो राख्ने सहभागीहरूको सहभागिता थियो ।
कार्यक्रम क्यान महासंघको वेबसाइटमार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो र जुममार्फत ५० जना अनलाइन सहभागी भएका थिए कार्यक्रम को एक मुख्य अंशको रूपमा युए ह्याकाथन सत्र सञ्चालन गरिएको थियो, जसमा करिब ४० जना युवाहरू सहभागी थिए । कार्यशालामा सहभागीहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र प्रणालीले त्यसलाई कसरी स्वीकार गर्छ भन्नेबारे अभ्यास गरेका थिए ।
कार्यक्रमका समन्वयक तथा क्यान महसंघका प्रबन्धक उदिप बरालले पनि कार्यक्रममा सफलता हासिल भएकोमा सन्तोष व्यक्त गर्दै भने, “हामीले कार्यक्रमको उद्देश्य प्राप्त गर्न सफल भएका छौँ । आईक्यान, युनेस्को र एपनिक जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीले कार्यक्रमको प्रभाव र पहुँचलाई अझ विशाल बनाएको छ र मलाई खुसी लागेको छ कि हामीले यस्तो प्रयास गर्न सक्यौँ ।”
कार्यक्रममा सहभागीहरूलाई स्थानीय भाषामा डोमेन र ईमेल बनाउने तरिका, प्लेटफर्महरूलाई कसरी यूए-रेडी बनाउने भन्ने विषयमा तालिम दिइएको थियो । यो पहलले भविष्यमा सरकारी तथा निजी संस्थाका वेबसाइटहरू पनि नेपाली भाषामै उपलब्ध गराउने सम्भावनालाई बलियो बनाएको क्यान महासंघले बताएको छ ।
अपडेट
एसईई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई स्किल स्पार्कका आईटी कोर्षमा ५० प्रतिशत छुट
आईटी तालिम प्रदान गर्दै आएको संस्था स्किल
नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी अगुवा चिरञ्जीवी अ…
चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित
सुरक्षा सँगै क्यासब्याक: कनेक्ट आईपीएसको जीवन बीमा प्रिमियम अफर
डिजिटल पेमेन्ट सेवा प्रदायक कनेक्ट आईपीएस ले जीवन बीमा प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ। कम्पनीले &ldq…
नेपालमा अर्को राइड शेयरिङ प्लेटफर्म याङ्गो सुरू हुँदै, जिरो कमिसन र बोनस सुविधा
मंगलबारबाट नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म याङ्गो सञ्चालनमा आउने भएको छ । उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम …
साउदी अरेबियामा एआई चिकित्सकको क्लिनिक: ३० रोगहरूको उपचार सम्भव
साउदी अरेबियामा विश्वकै पहिलो यस्तो क्लिनिक सुरु गरिएको छ, जहाँ बिरामीको जाँच र उपचारको जिम्मेवारी आर्टिफिसियल इन्टेलिजेन्स (ए…
के हो आइफोनको ‘आई’ को अर्थ? इन्टरनेटदेखि इन्स्पिरेशनसम्म ‘आई’ को यात्रा
पछिल्लो केही समययता एन्ड्रोइड फोनको तुलनामा मानिसहरूले एप्पलको आइफोन बढी मन पराउन थालेका छन् । विशेषगरी युवाहरूबीच यसको क्रेज…
हर्कुलेनियमका २,००० वर्ष पुराना स्क्रोलहरू भर्चुअल “अनर्याप”: एल्गोरिदमले ल्यायो प्राचीन पाण्डुलिपिको रहस्य
सन् २०२४ मा प्लस वन (PLOS One) मा प्रकाशित एक अध्ययनले करिब २,००० वर्षदेखि अँध्यारोमा हराइरहेका हर्कुलेनियम (Herculaneum) का प्राचीन स्क्रोलहरूलाई भर्चुअल रू…
गुगल जिमेलमा ल्यायो ‘म्यानेज सब्स्क्रिप्सन’ फिचर, अनावश्यक इमेलबाट छुटकारा पाउने सजिलो उपाय
गुगलले निःशुल्क खाता सँगै १५ जीबी स्टोरेज निःशुल्क दिन्छ । आजको डेटा युगमा यो १५ जीबी कहाँ सकिन्छ भन्ने थाहा नै हुँदैन् । यस्तो…
डिजिटल नेपाल फ्रेमवर्क २.० कार्यान्वयनका लागि सरोकारवालासँग क्यान महासंघको छलफल
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल …
केकियस म्याक्सिमस: एलन मस्कको नाम परिवर्तनले क्रिप्टो बजारमा ल्यायो हलचल
टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका सीईओ एलन मस्क आफ्नो अनौठो क्रियाकलापका लागि चिनिन्छन् । यद्यपि उनी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको …
ओपनएआईदूारा क्लाउड-आधारित स्वतन्त्र कोडिङ एजेन्ट "कोडेक्स" को अनुसन्धान प्रीभ्यू सार्वजनिक
ओपनएआईले सफ्टवेयर विकासका लागि आफ्नो नयाँ एआई उपकरण कोडेक्सको अनुसन्धान प्रीभ्यू सार्वजनिक गरेको छ, जुन क्लाउड–आधारित इन्ज…
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट
जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ ।
एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच
एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घ…
सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज
अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था सिडरगेट नेपालमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । एमच्यामका सदस्य संस्थाका प्रतिनिधिलगायतको …
जुनसुकै आईपी एड्रेसबाट सञ्चालन हुन्छ वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली, डेटा सुरक्षामा प्रश्न
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबा…