कीवर्डहरू -

अपडेट

एलन मस्कको ‘अप्टिमस’ रोबोटले मानवजस्तै नाचेर मच्चायो तहल्का, भिडियोले सबै चकित

एलन मस्क र उनका कम्पनीहरूका कामहरू सधैं चर्चामा रहने गर्छन् । सबैलाई थाहा भएकै कुरा हो कि मस्कको एक कम्पनीले ‘ह्युमनोइड’ रोबोट विकास गरिरहेको छ, जसको नाम ‘अप्टिमस’ राखिएको छ । यस रोबोटले मान्छे जस्तै नाचेर इन्टरनेटमा सनसनी फैलाएको छ ।

जब उक्त भिडियो इन्टरनेटमा आयो, धेरै मानिसहरूले बुझ्न सकेनन् कि साँच्चै रोबोट नै नाचिरहेको हो वा सबै कुरा एआईद्वारा बनाइएको हो । प्रश्नहरू उठेपछि स्पष्ट गरियो कि साँचोमै एउटा रोबोटले नाचिरहेको हो । वास्तवमा, मस्कले उक्त भिडियो कुनै क्याप्शन बिना सेयर गरेका थिए, जसका कारण यो असली हो या होइन भन्ने शंका उत्पन्न भएको थियो ।

एलन मस्कको एआई च्याटबोट ग्रोकले जानकारी दिएको अनुसार भिडियोमा देखिएको ‘अप्टिमस’ रोबोट असली सक्कली नै हो । यद्यपि, यो भिडियो कहिलेको हो भन्ने कुरा अहिले पनि स्पष्ट छैन् । तर यसले एक कुरा अवश्य देखाएको छ — अप्टिमसको क्षमता धेरै अगाडि पुगिसकेको छ  ।

सन् २०२१ मा यो रोबोटको कल्पना गरिएको थियो। त्यसको एक वर्षपछि यसको पहिलो झलक संसारले देख्यो। त्यसबेलादेखि हालसम्म निरन्तर यसको विकास हुँदै आएको छ । तर यो भिडियो एक्कासि सार्वजनिक भएपछि सबैलाई अचम्ममा पारेको छ, किनभने यस रोबोटका डान्स मुभ्स यति मानव–जस्तै छन् कि एकपटक त विश्वास गर्न गाह्रो पर्छ कि भिडियो वास्तविक हो ।

यो भिडियो कहिलेको हो?

यस सम्बन्धमा कुनै आधिकारिक जानकारी छैन् । तर केही रिपोर्टहरू अनुसार, यो रोबोट अक्टोबर २०२४ मा आयोजित “वी, रोबोट” नामक एक इभेन्टमा प्रस्तुत गरिएको थियो, जहाँ उसले डान्स मुभ्स देखाएको थियो । भनिन्छ कि हालसालै यसको हिँड्ने क्षमतालाई अझ सुधार गरिएको छ ।

कम्पनीले जब पहिलोपटक अप्टिमसको कन्सेप्ट प्रस्तुत गरेको थियो, त्यतिबेला कम्पनीसँग वास्तविक रोबोट थिएन । त्यसबेला एक व्यक्तिलाई रोबोटजस्तै कपडा लगाएर डान्स गराइएको थियो । तर अहिले त्यो कल्पना वास्तविकतामा परिणत हुँदैछ ।

एक रिपोर्ट अनुसार, अप्टिमस रोबोटका हातहरू ११ तरिकाले घुम्न सक्छन् । भविष्यमा यसलाई अझ उन्नत बनाई २२ तरिकाले हात घुमाउन सक्षम बनाउने तयारी भइरहेको छ ।

दाबी गरिन्छ कि अप्टिमस अन्य रोबोटहरूभन्दा फरक छ । यसलाई पहिले नै कुनै कमाण्ड वा निर्देशन दिइँदैन् । यो वास्तविक संसारबाट सिकेर आफैंले काम गर्न सक्ने क्षमता राख्छ । अर्थात्, जब यसले कुनै काम सिक्छ, त्यसपछि त्यो काम यसले दैनिक रूपमा आफैं गर्न सक्छ — फेरि निर्देशन दिनुपर्ने जरुरत हुँदैन् ।


 

अपडेट

ड्राइभिङ लाइसेन्स: २५ लाख ७१ हजार स्मार्ट कार्ड माग, ८ लाख मात्रै मौज्दातमा

महालेखा परीक्षकको कार्यालयले स्मार्ट सवारीचालक अनुमतिपत्र २५ लाख ७१ हजार माग भएकोमा ८ लाख कार्ड मात्रै मौज्दातमा रहेको बताएको छ…

महालेखाले भन्यो: सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था प्रभावकारी भएन

महालेखा परीक्षकको कार्यालयले सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने व्यवस्था प्रभावकारी नभएको बताएको छ ।&…

विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च

१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ । 

कस्तो छ सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र पावरफुल स्मार्टफोन ?

सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्ल…

ब्लुटुथ ६.१ स्ट्यान्डर्ड सार्वजनिक: प्रयोगकर्ता गोपनीयता र ब्याट्री लाइफमा उल्लेखनीय सुधार

ब्लुटुथ स्पेशल इन्टरेस्ट ग्रुप (एसआईजी) ले हालै ब्लुटुथ ६.१ स्ट्यान्डर्डको घोषणा गरेको छ । यो वायरलेस कनेक्टिविटी प्रोटोकल समर्थन गर्…

कियाले ल्यायो ह्वीलचेयरसहितको विद्युतीय भ्यान

कियाले ह्वीलचेयर भएको आफ्नो पहिलो विद्युतीय भ्यान सार्वजनिक गरेको छ । PV5 WAV नामको यो भ्यानमा साइड-एन्ट्री प्रणाली छ, जसले गर्दा…

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…

सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन पेमेन्ट गेटवे सेवा

 सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु …

रिड्डाराको एक्सचेन्ज अफर सार्वजनिक

सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इभोल्भ टू रिड्डारा एक्सचेन्ज नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अफरले न…

गूगलको ‘जी’ लोगोमा सामान्य परिवर्तन, कस्तो छ नयाँ लोगो ?

गूगलले आफ्नो ‘जी’ लोगोमा सामान्य परिवर्तन गरेको छ । पहिले चारवटा स्पष्ट रंगमा बाँडिएको यो लोगो अहिले केही ठाउँमा…

ई–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन्। इ–रिक्…

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्दे…

सुरक्षण मुद्रण केन्द्रमार्फत ड्राइभिङ लाइसेन्स छाप्ने तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्…

टिकटकको कारण संकटमा परेको इन्स्टाग्राम, सिईओ मोसेरीको खुलासा

इन्स्टाग्राम अस्तित्वमा आएको समयदेखि अहिलेसम्म धेरै अन्य एपहरूसँग प्रतिस्पर्धा गर्दै आएको छ ।
अन्य सामाजिक सञ्जाल एपहरूबाट रा…

सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ वटा ईभी

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी…