अपडेट
दशैंमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर
रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उपहार योजना सार्वजनिक गरेको छ। यो योजना २०८२ असोज ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागू हुनेछ।
उक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्कि ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन्। ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनको क्युआर कोड स्क्यान गरी आईएमईआई नम्बरसहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन्। यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ।
यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्। त्यसैगरी ४ जनाले रियलमी १४टी स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमी सी७५ स्मार्टफोन जित्नेछन्। यस्तै गरी ६०० जनाले विशेष उपहार बक्स, ५ हजार जनाले क्रस ब्याग र १० हजार जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन्।
उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ। साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ।
यस पर्वको अवसरमा रियलमीले नेपाली परिवारहरूलाई प्रविधि र रमाइलोपनको संगम प्रस्तुत गर्दै उत्सवलाई अझ स्मरणीय बनाउने अभिप्रायले यस्तो रोमाञ्चक योजना ल्याएको हो। उपहारको साथसाथै अविस्मरणीय अनुभव पनि जित्न सकिने भएकाले रियलमीसँग दशैं २०८२ को खुसी अझ दोब्बर हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
अपडेट
पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू, पाँच हजार अमेरिकी डलर पुरस्कार राशी
नेपालमा लोकप्रिय ई–स्पोर्ट्स खेल पब्जी मोबाईलको बहुप्रतिक्षित २०२५ नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू भएको छ। पाँच हजार अमे…
सरकारले अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने, महंगा इलेक्ट्रोनिक्स सामान खरिदमा रोक
सरकारले अब सम्भव भएसम्म अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने भएको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च घटाउन यस्…
शाओमी नेपालको चाडपर्व अफर, मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार
शाओमीले नेपालका उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछ…
ओपनएआईमा सय अर्ब डलरसम्म लगानी गर्दै एनभिडिया
प्राविधिक कम्पनी एनभिडियाले ओपनएआईमा १ सय अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने घोषणा गरेको छ। यस अन्तर्गत दुवै कम्पनीबीच एआइ मोडेलह…
एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्क…
नेपाल टेलिकमको दसैं, तिहार, छठ अफर: एफटीटीएच जडान निःशुल्क, अनलिमिटेड डेटा
नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छ…
प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा दिने सञ्चारमन्त्रीको पहिलो निर्णय
सञ्चार तथा सूचना प्रविधि मन्त्री जनदीश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्…
पर्यटकका लागि एनसेलले ल्यायो टुरिस्ट ई-सिम, प्रयोगकर्तालाई अनलिमिटेड डेटा र भ्वाइस सुविधा
एनसेल आजियाटाले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई लक्षित गर्दै नयाँ ‘अनलिमिटेड टुरिस्ट ईसिम प्लान’ सार्वजनिक गरेको…
एससीटीको स्मार्ट सेलिब्रेसन्स अफर, एससीटी युनियनपे कार्डबाट भुक्तानी गर्दा बिग मार्टमा १० प्रतिशत छुट
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दशैं, ति…
डिजिटल ब्ल्याकआउट: म्युज सफ्टवेयर ह्याक हुँदा यूरोपका ठूला एयरपोर्ट ठप्प
विश्वभरका एयरपोर्टहरूमा कामलाई नियमन गर्न विभिन्न प्रकारका सफ्टवेयरहरू प्रयोग गरिन्छ। यी सफ्टवेयरहरूले मेसिनहरू चलाउँछन् जसले काम…
महावीर पुन भन्छन् – मन्त्री नभन्नुहोला, रहर लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न र खादा …
भोजमाण्डुको नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ठगी, कम्पनीद्वारा साइबर ब्यूरोमा उजुरी
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुको नाममा नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ग्राहकहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।&nb…
एनभिडिया चीनमा बन्द भएपछि हुवावेले घोषणा गर्यो नयाँ एआई इन्फ्रास्ट्रक्चर
चीनमा एनभिडियाको हार्डवेयर खरिदमा प्रतिबन्ध लगाइएपछि, चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै एआई इन्फ्रास्ट्रक्चर सार्वजनिक गरेको छ …
अमेरिकामा टिकटक: बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताको हुने, सम्झौतामा कहिले होला हस्ताक्षर ?
ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्ताप…