कीवर्डहरू -

राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा 

राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा 

सारथी एजेन्सी प्रालि (मेरो बीमा) र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र मेरो बीमाका प्रमुख कार्यकारी अधिकृत शंकर बहादुर घिमिरे हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै मेरो बीमा राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बनेको छ । केही समय अघि सार्वजनिक भएको मेरो बीमा एउटा मोबाइल एप हो । नेपालको इन्स्योरेन्स क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यले मेरो बीमा एप सञ्चालनमा ल्याएको मेरो बीमाका प्रमुख कार्यकारी अधिकृत शंकर घिमिरेले बताए ।

यसबाट बीमा अभिकर्ताले बीमितको रिमाइन्डर सिस्टम, मिटिङ रिमाइन्डर सिस्टम  छ । मिटिङ रिमाइन्डर आजदेखि तीन वर्षपछिसम्मको मितिसम्म हेर्न मिल्ने गरी व्यवस्था गरिएको घिमिरेले बताए ।

यसमा अभिकर्ताले डकुमेन्ट डिजिटल गर्न सक्ने छन् । त्यस्तै यसमा बिमा शुल्क पनि तिर्न सकिने सुविधा पनि आउँदै छ । त्यस्तै यो एप रिफर गरेर पनि पैसा कमाउन सकिने छ ।

बीमा क्षेत्रमा भएका विकृतिलाई हटाउन तथा छिटो र छरितो बीमा सेवा उपलब्ध गराउन यो एपले सहयोग गर्ने सीईओ घिमिरे बताउँछन् । कम्पनीले अभिकर्ता मात्र नभएर ग्राहकलाई पनि यस एपमा जोड्ने गरी काम गरिरहेको छ ।