कीवर्डहरू -

एफवान सफ्टका केही रोचक तथ्य

एफवान सफ्टका केही रोचक तथ्य

नेपालको वित्तीय सेवामा प्रविधि मार्फत सहजीकरण गर्ने पायोनियर कम्पनी हो ‘एफवानसफ्ट’ । परम्परागत कारोबारलाइ आधुनिक प्रविधिसंग जोड्ने श्रेय यसै कम्पनिलाइ जान्छ ।

आज हामी  एफवान सफ्ट इन्टरनेसलका केही रोचक तथ्य बारे जानकारी दिदैछौं ।

  • सन् २००४ मा वेब डेभलपमेन्ट, वेब होस्टिङ गर्ने कामबाट स्थापना भएको एफवान सफ्ट इन्टरनेसल आज एउटा ग्रुपमा परिणत भएको छ ।
  • नेपालमा विभिन्न अवसरहरू खोज्ने क्रममा सन् २००६ बाट वित्तिय क्षेत्रमा काम गर्ने योजना अनुरूप कम्पनी वित्तिय क्षेत्रमा केन्द्रीत भएको थियो ।
  • एसएमएस बैंकिङबाट फिनटेक क्षेत्रमा हात हालेको कम्पनीले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधि निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । फिनटेक क्षेत्रको ‘पायोनियर’ हो एफवान सफ्ट ।
  • एफवान सफ्टले सिरान टेक्नोलोजी, दर्शन टेक, लोजिका बिन्स, एक्सटेन्सो डेटा, कोजेन्ट हेल्थ स्वस्तिक कलेज, फिट इन्टरनेसनल लगायत एक दर्जन कम्पनीमा लगानी गरिसकेको छ ।
  • पछिल्लो समय धेरै लोकप्रिय भएको कम्पनीको प्रविधि हो फोनपे । डिजिटल पेमेन्ट नेटवर्कमा काम गर्ने उद्देश्यले फोनपे एफवान सफ्टको सहायक कम्पनीको रूपमा दर्ता भएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालकको अनुमति पाएको संस्था समेत फोनपे हो ।
  • फोनपेका एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता छन् । फोनपेको क्युआर कोडबाट मात्रै दैनिक ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ ।
  • एफवान सफ्ट ग्ररुपले वार्षिक अर्बौँको कारोबार गर्दै आएको छ । कम्पनीका एक दर्जन बढी कम्पनीबाट वार्षिक अर्बौँमा कारोबार हुन्छ । एफवान सफ्टले वार्षिक ५० देखि ६० करोडको सफ्टवेयर विक्री गर्दै आएको छ ।
  • डिजिटल नेपाललाई फिनटेकको रुपमा एफवान सफ्टले सहयोग गर्दै आएको छ ।
  • विगत १८ वर्षदेखि नेपाली आईटी उद्योगमा दिनरात खटिएको कम्पनी हो एफवान सफ्ट । विशेष गरी फिनटेक क्षेत्रमा कम्पनी केन्द्रित छ र त्यसैअनुसार सहायक कम्पनी स्थापना गरिरहेको छ ।
  • एफवान सफ्ट ग्रुपले रोजगारी पनि १ हजार बढीलाई दिएको छ ।