कीवर्डहरू -

ओपो एफ १९ प्रोको मूल्य ४ हजार घट्यो, कति छ नयाँ मूल्य ?

ओपो एफ १९ प्रोको मूल्य ४ हजार घट्यो, कति छ नयाँ मूल्य ?

नेपाली बजारमा ओपो एफ १९ प्रोको मूल्य घटेको छ । ओपो एफ १९ प्रोको मूल्य नेपाली बजारमा ४ हजारले घटेको हो ।

एफ १९ प्रोमा ४८ मेगापिक्सेल क्यामेरासहित ८ मेगापिक्सेल अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा २ एमपी मोनो क्यामेरा रहेको छ ।

सेल्फी क्यामेराका लागि फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ । एफ सिरीज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात छ र एफ १९  प्रो मा पनि यो विशेषता रहेको छ ।

एफ १९ प्रोका प्रयोगकर्ताहरुले ७.८ मिलीमिटर अल्ट्रा स्लिम बडी मात्र नभई १७२ ग्राम तौल र थ्रीडी ब्याट्री कभरको अनुभव लिन सक्नेछन् । ओपो एफ १९  अब मात्र  ३५ हजार ९९० रुपैयाँमामा बजारमा उपलब्ध रहेको छ ।