कीवर्डहरू -

वेब ३.० को बारेमा रोचक तथ्य

वेब ३.० को बारेमा रोचक तथ्य

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ असम्भव कुराहरु सम्भव भएका छन् । अर्थात् केही दशकयता संसारमा प्रविधिको विकास एकदमै तीव्र गतिमा भइरहेको छ ।

प्रविधिको क्षेत्रमा भइरहेको क्रान्तिका कारण आज एआई तथा मेसिन लार्निङजस्ता विषयहरु वास्तविकतामा परिणत भएका छन् । सूचना प्रविधि तथा विज्ञानका कुराहरु गरिरहँदा इन्टरनेटलाई अलग्याउन सकिँदैन ।

प्रविधिको क्षेत्रमा यति धेरै विकास हुनुमा इन्टरनेटले एकदमै ठूलो भूमिका खेलेको छ । इन्टरनेट प्रविधिको क्षेत्रमा एउटा अभिन्न अंगका रुपमा स्थापित भइसकेको छ । यसको प्रयोग हरेक क्षेत्रमा हरेक काम सञ्चालनका लागि गरिन्छ ।

एकातर्फ इन्टरनेट विभिन्न सुविधा प्राप्त गर्ने माध्यम हो भने अर्कोतर्फ यसबाट निस्कने समस्याहरु पनि उत्तिकै छन् । तर, समग्रमा हेर्दा इन्टरनेट एउटा अवसरको माध्यम हो ।

प्रविधिको द्रुत प्रगतिले ल्याएको एक परिणाम हो वेब ३.० । आज हामी यही वेब ३.० बारे केही रोचक तथ्य लिएर आएका छौँ ।

  • वेब ३.० इन्टरनेटको तेस्रो पुस्ता हो । यसलाई स्मार्ट वेब पनि भनिन्छ ।
  • वेब ३.० ब्लकचेनमा आधारित रहनेछ । यही प्रविधिमा बिटकोइन र अरु क्रिप्टोकरेन्शीहरु आधारित रहेका छन् ।
  • वेब ३.० मा सिम्यान्टिक वेब हुने गर्दछ । सिम्यान्टिक वेबले कन्टेन्ट बनाउन, सेयर गर्न र कनेक्ट गर्न वेब प्रविधिलाइ विकास गर्ने गर्दछ ।
  • वेब ३.० मा कम्प्यूटरहरुले मान्छे जसरीनै मान्छेको भाषा बुझ्न सक्नेछन् जसले गर्दा परिणाम छिटो र सही आउने गर्दछ । प्रयोगकर्ताको माग पूरा गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स पनि बढि बौद्धिक हुनेछ ।
  • वेब ३.० मा वेबसाइटहरुमा पर्याप्त मात्रामा थ्रिडी ग्राफिक्सहरुको प्रयोग गरिनेछ । म्युजियम गाईड, कम्प्यूटर गेम्स, ईकमर्स, जियो स्पाटिअल कन्टेक्सट आदि सबै माथि डाइमेन्सनल डिजाइन प्रयोग गरिनेछ ।
  • वेब ३.० को सुरुवातले जानकारीहरु एकअर्कासँग कनेक्टेड रहनेछ । सिम्यान्टिक मेटाडेटाले गर्दा यस्तो हुनेछ ।
  • कन्टेन्ट पनि विभिन्न एप्लिकेशनबाट एक्सेस गर्न सकिनेछ । सबै डिभाइस वेबसँगै कनेक्ट भएका कारणले गर्दा सेवा जहाँकहीँबाट प्रयोग गर्न सकिन्छ ।
  • वेब ३.० हरेक कुराको एकीकृत रुप भएका कारणले प्रयोगकर्ताहरुले सजिलै विभिन्न प्लेटफर्महरुमा जाने, जानकारी खोज्ने र सामान किन्ने गर्नसक्छन् । हरेक सामाजिक प्लेटफर्मका लागि छुट्टाछुट्टै अकाउन्ट पनि चाहिदैन् ।

(एजेन्सीहरुको सहयोगमा )