कीवर्डहरू -

आईतबार पनि अब ई-पासपोर्ट पाइने 

आईतबार पनि अब ई-पासपोर्ट पाइने 

अब आईतबार पनि ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी पाइने भएको छ । राहदानी विभागले बिहीबार एक सूचना सार्वजनिक गर्दै सार्वजनिक विदाको दिन आईतबार समेत पासपोर्ट उपलब्ध गराउने जानकारी दिएको हो ।

सरकारले केही समय अगाडि शनिबार बाहेक आईतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जेठ १५ गतेदेखि राहदानी सेवा उपलब्ध गराउने भएको हो ।

विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम रहको सन्दर्भमा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जेठ १५ गतेदेखि आईतबार पनि सेवा प्रदान गर्ने जनाएको छ ।

आईतबार बिहान १० बजेदेखि अपराहन्न ४ बजेसम्म राहदानी विभागको सेवा उपलब्ध हुनेछ ।

यो पनि पढ्नुहोस्ः ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा