कीवर्डहरू -

साझा यातायातका तीन वटा विद्युतीय बस सञ्चालनमा, कहाँ कहाँ चल्छन् ? 

साझा यातायातका तीन वटा विद्युतीय बस सञ्चालनमा, कहाँ कहाँ चल्छन् ? 

साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस काठमाडौंका सडकमा गुड्न थालेका छन् । बिहीबार साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले तीनवटा बसको उद्घाटन गरेका हुन् ।

साझाले ४० वटा विद्युतीय बस खरिद गर्दैछ । त्यसअन्तर्गत पहिलो चरणमा  चीनको सीएचटीसीएचओ कम्पनीको कारखानामा तयार भएका ३ बस नेपालमा आएका हुन् ।

विद्युतीय बसका लागि चार्जिङ् स्टेशन उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए ।

४० वटा बस साझाले ६१ करोड रूपैयाँ खर्च गरेर ल्याउँदै छ । ४० बस मध्ये ३७ वटा विद्युतीय बस आउन बाँकी रहेको दिक्षितले जानकारी दिए ।  आजदेखि सञ्चालनमा आएका ३ वटा बिद्युतीय बसमा महिला चालक रहेका छन् ।
यी बसमा वाईफाई, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा समेत राखिएको छ । यसमा आवाज पनि आउँदैन् ।

\"\"

तीनवटा बसमध्ये दुईवटा नयाँबसपार्क-बालाजु-ठमेल-रत्नपार्क-सिंहदरबार-नयाँबानेश्वर-मीनभवन हुँदै एयरपोर्टको रुटमा चल्नेछन् भने एउटा बस लगनखेल-लैनचौर-बाँसबारी हुँदै बूढानीलकण्ठको रुटमा सञ्चालन हुनेछ ।

दिक्षितका अनुसार काठमाडौं उपत्यका र अन्य शहरमा तीन चरणमा बस खरिद गर्ने योजना भएको छ । नयाँ प्रविधि भएकाले एकैपटक सबै अर्डर नगरी चरणवद्ध रूपमा अर्डर गरेको उनको भनाइ छ ।