कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीलाई एक थान जीप, कानुनसम्मत नभएको महालेखाको ठहर

दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीलाई एक थान जीप, कानुनसम्मत नभएको महालेखाको ठहर

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत बजेटबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सवारी खरिद गरिएको छ ।

प्राधिकरणको बजेटबाट २ करोड ५ लाख २५ हजार रूपैयाँमा मन्त्रीका लागि एक थान जीप खरिद गरी मन्त्रालयलाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले बताएको हो ।

प्राधिकरणको स्वीकृत कार्यक्रमअनुसार सवारी साधन खरिदमा २ करोड रूपैयाँ बजेट व्यवस्था भएपनि २०७७ पुस १६ गतेको मन्त्रीस्तरको निर्णयबाट मन्त्रीका लागि २ करोड ५ लाख २५ हजारमा एकथान जीप खरिद गरी मन्त्रालयलाई हस्तानतरण गरिएको छ ।

प्राधिकरणको स्वीकृत बजेटबाट मन्त्रीका लागि सवारीसाधन खरिदको लागि खर्च गर्नु कानुनसम्मत नभएको महालेखाको ठहर छ । यस प्रकारको खर्चमा नियन्त्रण गर्न समेत महालेखाले सुझाव दिएको छ ।