कीवर्डहरू -

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराज र नेप्सबीच सहकार्य

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराज र नेप्सबीच सहकार्य

नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ ।

आफ्नो अर्डरको लागि क्यास अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्।

सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो ।

नेपाली ई-कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउन र डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्न साझेदारी गरिएको दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले बताए ।

ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ ।

दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरू मार्फत भुक्तानी गर्दा विशेष छुटहरू दिदै आएको छ ।

ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन् । संकलित भौचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुनेछन् ।