कीवर्डहरू -

नबिल बैंकले सुरू गर्‍यो ‘मोबाइल क्याश’ सेवा, अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने 

नबिल बैंकले सुरू गर्‍यो ‘मोबाइल क्याश’ सेवा, अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने 

नबिल बैंकको एटीएम मेसिनबाट अब कार्ड नभएपनि पैसा झिक्न सकिने भएको छ । यसका लागि बैंकले नबिल ‘मोबाइल क्याश सेवा’ सुरू गरेको छ ।

एटीएम कार्ड बिना नै एटीएम मेशिनबाट पैसा झिक्न तपाईले आफ्नो एटीएम कार्ड नबिल बैंकको मोबाइल बैंकिङ एपमा लिंक गरेको हुनुपर्नेछ ।

नबिल मोबाइल क्याश सेवा प्रयोग गरेर एकपटकमा २५ हजार र प्रतिदिन १ लाखसम्म रकम झिक्न सकिने बैंकले जनाएको छ । त्यस्तै मासिक ४ लाख रूपैयाँसम्म झिक्न सकिने छ ।

यसका लागि सुरूमा तपाई नबिल बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता हुनुपर्नेछ । त्यसपछि आफ्नो नम्बर र पासवर्ड राखेर लगइन गर्नुस् । अनि त्यहाँ मोबाइल क्याश भन्ने अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि आफुले निकाल्न चाहेको रकम र रिमार्क्स राखेर सबमिट गर्नुहोस् ।

सबमिट गरेपछि तपाईलाई एउटा वान टाइम पासवर्ड प्राप्त हुनेछ । ओटीपीको ३० मिनेटका लागि मान्य हुनेछ । उक्त कोड पाएपछि नजिकको नबिल बैंकको एटीएममा जानुहोस् ।

त्यसपछि एटीएम मेसिनमा कार्डलेस भन्ने फिचर देख्नुहुन्छ । त्यसमा गएर ओटीपी कोड र झिक्न चाहेक रकम राख्नुपर्नेछ । याद राख्नुहोस् मोबाइल बैंकिङ एपबाट झिक्न चाहेको रकम र एटीएममा गएर राखेको रकम एउटै हुनुपर्नेछ ।