कीवर्डहरू -

म्यासेजिङ प्लेटफर्म सिग्नलमा साइबर आक्रमण, १९०० जनाको फोन नम्बर बाहिरियो

म्यासेजिङ प्लेटफर्म सिग्नलमा साइबर आक्रमण, १९०० जनाको फोन नम्बर बाहिरियो

सिग्नलमा साइबर आक्रमण भएको छ । साइबर आक्रमण भएपछि डेटा ब्रिच हुँदा १९०० जनाको फोन नम्बर बाहिरिएको छ ।

सिग्नलले सेक्योर मेसेजिङ भनिरहँदा पनि कम्पनीमा ह्याकिङका घटना भएको छ । यस डेटा ब्रिचले गर्दा १९०० जना प्रयोगकर्ताको फोन नम्बर र एसएमएस बाहिरिएको छ । यसबाट ह्याकरहरुले सिग्नलको प्रयोगकर्ताको परिचय थाहापाउने वा अरु डिभाइसमा नम्बर रिरेजिस्टर गर्ने हुनसक्छ ।

अहिलेसम्म ह्याकरले केही नम्बरहरुलाई रजिस्टर गर्ने प्रयास पनि गरिसकेका छन् । सिग्नलले च्याट हिस्ट्री वा कन्ट्याक्ट अनलाइनमा स्टोर गर्दैन् । त्यस कारण पनि संवेदनशील विवरणहरु ह्याकरले पाउन सकेका छैन् ।