कीवर्डहरू -

‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन 

‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन 

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो ।

यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ । संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्नेछ ।

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ ।

स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ । स्टार्टअपले आफ्नो सवै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तिय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ ।

यी सबै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन ।

यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमस ४ लाख, २ लाख तथा १ लाख नगद उपहार प्राप्त गर्नेछन । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् ।

दर्ता फारम भदौ १० गतेदेखि खुला भएको छ । यदी तपाई पनि एवाईईएफ स्टार्टअप अवार्डमा आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरुको मुख्य संस्था हो । नेपाली युवाविच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उदेश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो ।