कीवर्डहरू -

नोकिया जी ११ प्लस सर्वजनिक, फ्ल्यागशिप स्तरको काम गर्ने

नोकिया जी ११ प्लस सर्वजनिक,  फ्ल्यागशिप स्तरको काम गर्ने

नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ। जी सेरिजको सफलतासंगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री व्याकअप समावेश रहेको कम्पनीले जनाएको छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइशले भने, “प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया जी११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री व्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ।  हामी हाम्रो गुणस्तर्य निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं।”

यो फोनमा इण्डस्ट्री– लिडिङ अपडेट, सुलभ मूल्यमा प्रिमियम डिजाइन, उत्कृष्ट फोटोग्राफीको लागि उत्कृष्ट क्यामेरा  जस्ता विशेषता रहेका छन् ।

३/६४ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु। १९,४९९ रहेको छ । निलो रंगमा उपलब्ध नोकिया जी११ प्लस आइतबारबाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।