कीवर्डहरू -

के हो नेपाल टेलिकमले उपलब्ध गराएको ई–सिम ? कसले प्रयोग गर्न सक्छ ई–सिम ?

के हो नेपाल टेलिकमले उपलब्ध गराएको ई–सिम ? कसले प्रयोग गर्न सक्छ ई–सिम ?

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराएको छ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट २०७९ भाद्र ३१ देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नु हुनेछ ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छैन ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने दूरसञ्चारले जनाएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा २०७९ बैशाख ११ गते नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता सम्पन्न भएको थियो ।

सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराएको छ ।

के हो नेपाल टेलिकमले  उपलब्ध गराएको ई–सिम ?

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ ।  हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्नेछन् ।

ई–सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डहरुको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनहरुलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इसिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ । ई-सिम फोनको मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई न तपाई राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न र क्यारियर परिवर्तन गर्न सकिन्छ । ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई-सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ ।

यसलाई स्वीच गर्न र सेट गर्न सहज हुन्छ । फोनकलकै माध्यमले तपाईले ई-सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई-सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ । यसले अरु सिम जसरी नै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।

के फरक छ ई–सिम र भौतिक सिम कार्ड बिचमा ?

ई–सिम र भौतिक सिम कार्डको सबैभन्दा ठूलो फरक भनेको त्यो कहाँ राखिएको छ भन्ने हो । ई–सिमलाई मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई तपाई न राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।

यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । फोनकलकै माध्यमले तपाईले ई–सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई–सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ र अरु सिम जसरीनै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।

कसले प्रयोग गर्न सक्छ ई–सिम ?

ई–सिम प्रयोग गर्नका लागि त्यस्तै उपयुक्त डिभाईस चहिने गर्दछ र ई–सिम प्रदान गर्ने क्यारियर चहिन्छ । अमेरिकामा एटी एण्ड टी र टि मोबाईल, बेलायतमा इइ र विश्वव्यापी रुपमा १२० अरु कम्पनीहरुले ई–सिम प्रदान गर्ने गर्दछन् ।

ईसिमलाई अहिले आईफोन १२, १३, पिक्सेल ५, सामसङ ग्यालेक्सी एस २१ स्मार्टफोनहरुमा डुअल सिमको फिचर ल्याउनका लागि प्रयोग गर्ने गरिन्छ । केही समयपछि सबै फोन र ट्याबलेट ईसिममनै परिवर्तन हुने देखिन्छ ।