कीवर्डहरू -

एलजीको एलईडी टेलिभिजन अब नेपालमै एसेम्बल हुने 

एलजीको एलईडी टेलिभिजन अब नेपालमै एसेम्बल हुने 

एलजीको एलईडी टेलिभिजन अब नेपालमै उत्पादन हुने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले एलजीको एलईडी टिभी नेपालमा एसेम्बल गर्ने भएको हो ।

एसेम्बलका लागि काठमाडौंको सतुंगलमा प्लान्ट सुरू भएको छ । बुधबार एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले उक्त एसेम्बल प्लान्टको उद्घाटन गरेका हुन् ।

सुरूमा १०० जना कर्मचारी राखेर काम सुरू गर्ने डौधरी ग्रुपमा प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए । १०० जना मध्ये ७० प्रतिशत महिला कर्मचारी हुनेछन् ।

नेपालमै टिभी एसेम्बल हुने भएपछि मूल्य पनि सस्तो हुने अनुमान गरिएको छ । निकट भविष्यमा एलईडी टिभीसँगै एलजीका होम अप्लायन्सेस र इन्टरटेनमेन्ट एप्लायन्सेस पनि नेपालमै उत्पादन हुने जनाइएको छ ।