कीवर्डहरू -

सन् २०२२ को तेस्रो त्रैमासमा टेस्लाले बनायो ३ लाख ६५ हजार कार

सन् २०२२ को तेस्रो त्रैमासमा टेस्लाले बनायो ३ लाख ६५ हजार कार

सन् २०२२ को तेस्रो त्रैमासिकमा टेस्लाले ३ लाख ६५ हजार ९२३ कार निर्माण गरेको छ । कोरोना महामारीपछि टेस्लाले पुनः आफ्नो उत्पादन बढाएको हो ।

सन् २०२२ को तेस्रो त्रैमासमा उत्पादन भएका कार सन् २०२१ को तेस्रो त्रैमासको भन्दा करिब ४२ प्रतिशतले बढी हो ।

टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासमा २ लाख ३७ हजार ८२३ कार उत्पादन गरेको थियो । सन् २०२२ को तेस्रो त्रैमासमा टेस्लाले ३ लाख ४३ हजार ८३० सवारीसाधन डेलिभर गरेको छ, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।