कीवर्डहरू -

आईफाईभर्स टेक सर्भिसेजले आयोजना गरेको ‘टेक्किज मिटअप’ सम्पन्न

आईफाईभर्स टेक सर्भिसेजले आयोजना गरेको ‘टेक्किज मिटअप’ सम्पन्न

आईफाईभर्स टेक सर्भिसेजले आयोजना गरेको ‘टेक्किज मिटअप’ सम्पन्न भएको छ । सूचना प्रविधिमा रूची भएकाहरूको सहभागितामा टेक्किज मिटअप सम्पन्न भएको हो ।

मिटअप शनिबार चाबहिलको कलेज अफ अप्लाईड बिजनेशमा दिउँसो १ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको थियो ।

मिटअपको अवसरमा आईफाईभर्स टेक सर्भिसेज प्रालिको औपचारिक सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा खल्तीका सहसंस्थापक अमित अग्रवालको उपस्थिति थियो ।

\"\"

मिटअपमा नेपालको आईटी उद्योगः विगत, भविष्य र अवसर विषयकमा प्यानल डिस्कसन समेत भएको थियो ।

प्यानेलिस्टमा साइबर सुरक्षा अनुसन्धान केन्द्रका उपाध्यक्ष मिलन राज नेपाली, डाटा वैज्ञानिक तथा एन्जल लगानीकर्ता प्रज्ञान सुवेदी, तेराकोया एकेडेमियामा सफ्टवेयर इन्जिनियरिङका निर्देशक प्रभात आचार्य, काठमाडौं लिभिङ ल्याबकी टेक र इनोभेसन लीड इच्छा मोक्तान र रेडचिल्लीज ल्याब्स इन्कका सहसंस्थापक तथा सिईओ विवेक कोइराला रहेका थिए ।

कार्यक्रममा स‍हभागी र पार्टरनलाई प्रमाणपत्र वितरण गरिएको थियो भने वक्ता र अतिथिलाई टोकन अफ लभ प्रदान गरिएको थियो ।