कीवर्डहरू -

लोकससँगको सहकार्यमा भुस गेम्सले कोडिङ च्यालेन्ज गर्दै, पहिलो हुनेलाई ५ लाख पुरस्कार

लोकससँगको सहकार्यमा भुस गेम्सले कोडिङ च्यालेन्ज गर्दै, पहिलो हुनेलाई ५ लाख पुरस्कार

लोकससँगको सहकार्यमा भुस गेम्सले कोडिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । उत्कृष्ट प्रोग्रामरहरूलाई एकैठाउँमा ल्याउन भुस गेम्सले दोस्रो संस्करणको ‘स्मार्ट बट्स कोडिङ च्यालेन्ज’ आयोजना गर्ने भएको हो ।

३ महिनासम्म चल्ने यो कोडिङ महोत्सवले उत्कृष्ट प्रोग्रामरहरूलाई एउटै च्यालेन्ज भित्र ल्याउने आयोजकको अपेक्षा छ । यो वर्षको च्यालेन्ज स्क्र्याचबाट २९ पोइन्ट्स गेम बट निर्माण गर्ने रहेको छ ।

२९ पोइन्ट एउटा रमालको गेम मात्र नभएर सहकार्य, जागरूकता र सम्भाव्यताको समिश्रण भएको भुस गेम्सकी कन्टेन्ट एण्ड मार्केटिङ स्टाटिजिष्ट साक्षी बाहेतीले बताइन् ।

यसमा भुस गेम्समा कार्यरत कर्मचारी र उनीहरूका आफन्त सहभागि हुन पाउने छैनन् । सहभागी हुन नेपाली नागरिक हुनुपर्नेछ ।

यस प्रतियोगिताको पहिलो पुरस्कार ५ लाख रहेको छ भने दोस्रो र तेस्रो पुरस्कार क्रमशः २ लाख र १ लाख रूपैयाँ राखिएको छ ।

यस च्यालेन्जमा सहभागी हुनका लागि अहिले आवेदन खुला गरिएको छ । यहाँ क्लिक गरेर तपाईले कोडिङ च्यालेन्जमा आवेदन दिन सक्नुहुनेछ ।

बट बनाइसकेपछि भुस बट र अन्य प्रतिस्पर्धीसँग खेल खेलाइने छ भने र्‍याकिङ लेजरबोर्डमा देखाइने छ ।

लेजरबोर्डका उत्कृष्ट ८ ले बट निर्माण गर्दा प्रयोग गर्ने रणनीति प्रस्तुत गर्नेछन् । त्यसपछि उत्कृष्ट ८ प्रतिस्पर्धीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् र त्यहाँ उत्कृष्ट ३ घोषणा गरिने छ ।