कीवर्डहरू -

अब इन्स्टाग्राममा ह्याक भएको अकाउन्ट पुनः प्राप्त गर्न सहज हुने 

अब इन्स्टाग्राममा ह्याक भएको अकाउन्ट पुनः प्राप्त गर्न सहज हुने 

इन्स्टाग्रामको पछिल्लो फिचरले ह्याक गरिएको प्रयोगकर्ताहरुलाई अकाउन्टको पहुँच पुनः प्राप्त गर्न दिन्छ । यसले प्रयोगकर्ताहरुका लागि सुरक्षा टूलको रुपमा काम गर्ने गर्दछ ।

लग इन गर्न नमिलेमा प्रयोगकर्ताहरुले इन्स्टाग्राम वेबसाइटको हबमा जान सक्छन् । यसको लागि यहाँ क्लिक गर्नुहोस् । यहाँ गएपछि इन्स्टाग्रामले अकाउन्ट ह्याक भएको, पासवर्ड हराएको, कोही अरुले तपाई जस्तै अकाउन्ट बनाएको वा टू फ्याक्टर अथेन्टिकेसन फिचर चलाउन नसकेको हो की भनेर सोध्ने गर्दछ ।

तपाईले आफ्नो समस्या के हो भनेर सेलेक्ट गरेपछि इन्स्टाग्रामले तपाईको अकाउन्ट पुनः पाउनलाई सहयोग गर्ने गर्दछ ।