कीवर्डहरू -

पोखरामा सम्पन्न भयो डब्लुआईआईटीको ह्याकाथन र डिजिटल साक्षरता कार्यक्रम

पोखरामा सम्पन्न भयो डब्लुआईआईटीको ह्याकाथन र डिजिटल साक्षरता कार्यक्रम

वुमन इन इन्फोरमेसन टेक्नोलोजी(डब्लुआइआइटी) ले पोखरामा बगभीसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । डब्लुआइआइटीले बाल मन्दिर सेकेण्डरी स्कुलमा महिला विद्यार्थीहरुका लागि ह्याकाथन आयोजना गरेको थियो ।

यसैगरि इन्फोरम्याटिक्स कलेजका ४५ जना स्नातक तह अध्ययनरत छात्राहरुका लागि पनि डब्लुआइआइटीले ह्याकाथन आयोजना गरेको थियो । यी दुवै कार्यक्रम नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको सहकार्यमा आयोजना गरिएको थियो ।

योसँगै डब्लुआइआइटीले महिलाहरूका लागि डिजिटल साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

डब्लुआइआइटीले पोखरा चेम्बर अफ कमर्ससँगको सहआयोजनामा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । यो कार्यक्रमलाई पनि नेपाल टेलिकमले सपोर्ट गरेको हो । सो कार्यक्रममा ४० बढी सहभागीको सहभागीता रहेको थियो ।