कीवर्डहरू -

आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता, सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट

आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता, सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ ।

यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले खुलाएको छ ।

आइएमई पेका ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्नुहुन्छ ।