कीवर्डहरू -

ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक विद्युतीय स्कुटरबाट ५ सय रूपैयाँ आविष्कार केन्द्रलाई दिने 

ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक विद्युतीय स्कुटरबाट ५ सय रूपैयाँ आविष्कार केन्द्रलाई दिने 

ग्रन्थ इलेक्ट्रिकल भेहिकलले बिक्री भएका प्रत्येक विद्युतीय स्कुटरबाट ५ सय रूपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । सोही अनुसार हाललाई ५ हजार रूपैयाँ दान दिएको छ ।

करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्दैछ ।

१० हजार स्क्वायर फिट अनुमानित जग्गामा स्थापना हुने उद्योगको निर्माणको काम वैशाख-जेठमा सकिने छ । उक्त एसेम्बलबाट पहिलो चरणमा दुई पाङ्ग्रे स्कुटर एसेम्बल गरिनेछ । त्यसपछि चारपाङ्ग्रे गाडी एसेम्बल गर्ने कम्पनीको योजना छ ।

नेपालमा एसेम्बल उद्योग तयार नभएसम्म चीनमा विद्युतीय स्कुटर उत्पादन गर्न सुरू गरेको छ ।  यसका लागि चीनको एउटा उद्योग कम्पनीले लिजमा लिएको छ ।

नेपालमा उद्योग स्थापना नभएसम्म चीनमा १०० वटा स्कुटर एसेम्बल हुँदैछ । १०० वटा स्कुटर नेपाल आउन करिब डेढ महिना लाग्ने छ । विद्युतीय स्कुटरको मूल्य साढे २ लाखदेखि ३ लाख रूपैयाँसम्म पर्नेछ ।


थप जान्न यो पनि पढ्नुहोस्ः करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै