कीवर्डहरू -

गूगलले पिक्सेल ६ मा नाईट साइट फोटो फिचर सार्वजनिक

गूगलले पिक्सेल ६ मा नाईट साइट फोटो फिचर सार्वजनिक

गूगलले पिक्सेल ६ का लागि नाईट साइट फोटो फिचर सार्वजनिक गरेको छ । यो फिचर पिक्सेल वाचका लागि पनि उपलब्ध भएको छ ।

यससँगै गूगलले पिक्सेल ६ र पिक्सेल वाचका लागि म्याजिक इरेजर, हेल्थ कनेक्ट र डाइरेक्ट माई कल प्लस जस्ता फिचरहरु पनि थपिएका छन् ।

यसले कम उज्यालोमा पनि राम्रो फोटो खिच्न दिनेछ । यसमा रहेको टेन्सर चिपले यो फिचर अझै सहज ढंगले उपलब्ध गराएको छ ।

म्याजिक इरेजर भने पिक्सेल ६ मा मात्रै नभएर सबै पिक्सेल ह्याण्डसेटका लागि उपलब्ध भएको छ । यस फिचर तपाईको फोटोमा भएको कुनै नचाहिँदो अबजेक्टलाई हटाइदिने गर्दछ ।

यो फिचर अहिले गूगल वानका सब्सक्राइबरका लागि पनि उपलब्ध रहेको छ । पिक्सेल वाचमा फल डिटेक्सन फिचर पनि आएको छ, जसले तपाई बेस्सरी लड्नुभयो र कुनै प्रतिक्रिया जनाउनु भएन भने इमरजेन्सी सूचना पठाउने गर्दछ ।