कीवर्डहरू -

दराजबाट सामसङ ग्यालेक्सी एम ४ को प्रिअर्डर गर्न सकिने

दराजबाट सामसङ ग्यालेक्सी एम ४ को प्रिअर्डर गर्न सकिने

दराजबाट सामसङ ग्यालेक्सी एम–४ को प्रि–अर्डर गर्न सकिने भएको छ । ग्यालेक्सी एम–४ र्‍याम प्लस सुविधा समेत उपलब्ध रहेको छ ।

र्याम प्लसले प्रयोगकर्ताहरुलाई आवश्यकता बमोजिम र्यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्नेछ ।यसमा मिडिया टेक हेलियो पि ३५ प्रोसेसर राखिएको छ ।

यसलाई २.३ गेगाहर्जसम्म चलाउन  सकिन्छ । प्रयोगकर्ताहरूले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो  एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्न सक्ने छन् ।

ग्यालेक्सी एम ४ मा ६.५ इञ्चको डिस्प्ले रहेको छ । यो फोनमा ५००० एमएएच ब्याट्री छ र बक्समा चार्जर पनि उपलब्ध  हुनेछ ।

ग्यालेक्सी एम ४ को ४ जीबी प्लस ६४ जीबी भएको मोबाइलको बजार मूल्य १५ हजार ९९९ र ४ जीबी प्लस १२८ जीबी भएको फोनको बजार मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।