कीवर्डहरू -

डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने

डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने

डिशहोम आईपीटिभीमा एचडी गुणस्तरसहित आईपीएल हेर्न सकिने भएको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै डिशहोमले आईपीएल क्रिकेट २०२३ हेर्ने व्यवस्था मिलाएको हो ।

यस्तै अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिन्छ ।

लाईभ टिभीमा दैनिक विभिन्न स्पोर्ट्स, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायककोमा उपलब्ध नभएको सर्ट्स टिभी,  गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा बढी विभिन्न कन्टेन्ट, भिडियो अन डिमाण्ड, क्याचअप टिभी/स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।

ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिशहोम फाइबरनेट जडान गरी नेपालको पहिलो प्रिमियम आईपी टिभीको मज्जा लिन सक्ने छन् ।