कीवर्डहरू -

भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध

भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध

अब संसदको बैठक भर्चुअल रूपमा पनि बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ मा प्रतिनिधिसभा र समितिको बैठक भर्चुअल रूपमा बस्न सकिने व्यवस्था गरिएको हो ।

आईतबार प्रतिनिधिसभाले पारित गरेको नियमावली २०७९ मा प्रतिनिधिसभा र संसदीय समितिका बैठक प्रविधिको प्रयोग गरी बस्न सक्ने व्यवस्था छ ।

‘प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एक चौथाई सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकता अनुरूप कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्णय अनुसार प्रविधिको प्रयोग गरी बैठक बस्न सकिनेछ,’ नियमावलीमा भनिएको छ । भर्चुअल बैठकको कार्यविधि सभामुखले निर्धारण गरे बमोजिम हुने व्यवस्था गरिएको छ ।

त्यससैगरी बैठक चलिरहेको बेला सांसदहरूले मोबाइल चलाउन नपाउने व्यवस्था पनि पारित भएको नियमावलीमा थप भएको छ । अब बैठक कक्षमा सांसदहरूले फोन साइलेन्समा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न पाउने छैनन् ।

यसअघिको प्रतिनिधि सभा नियमावली २०७५ मा भर्चुअल बैठक र मोबाइल नचलाउने विषयमा मौन थियो । नियमावलीमा पहिलो पटक भर्चुअल बैठक र मोबाइल चलाउन नपाउने व्यवस्था गरिएको हो ।