कीवर्डहरू -

ग्रन्थ ईभीले काठमाडौं उपत्यका बाहिर २ वटा डिलर दिदै, माग्यो आवेदन

ग्रन्थ ईभीले काठमाडौं उपत्यका बाहिर २ वटा डिलर दिदै, माग्यो आवेदन

ग्रन्थ इलेक्ट्रिकल भेहिकलले काठमाडौं उपत्यका बाहिर २ वटा डिलरशिप दिने भएको छ । ग्रन्थ ईभीले केही समय अगाडि मात्रै एफडी मोटर्स ब्राण्डमा विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

उक्त विद्युतीय स्कुटरको माग बढ्दै गएपछि कम्पनीले उपत्यका बाहिर पनि डिलर दिने निर्णय दिने भएको हो ।डिलरका लागि इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

गत वैशाख २३ गते ग्रन्थ ईभीले साइड ड्राइभ मोटर, यल यफ पी व्याट्री, क्यान बस कन्ट्रोलर, ब्रेक रिजेनेरेशन, १६ इन्च अगाडि र १४ इन्च पछाडिको टायर सुविधा भएको एफडी ब्राण्ड २ मोडेलका विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो ।

अहिले ग्रन्थ ईभीले सार्वजनिक गरेको स्कुटर कम्पनीकै डिजाइनमा चीनमा एसेम्बल भएको हो । अबको केही समयमै कम्पनीले नेपालमै विद्युतीय स्कुटर एसेम्बल गर्ने तयारी गरेको छ ।

यसका साथै नेपालमा उत्पादन हुन सक्ने सामग्रीहरू प्रयोग गर्ने कम्पनीको तयारी छ । त्यसका लागि ग्रन्थ ईभीले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको एफ फाइभ मोडेलको मूल्य २ लाख ४८ हजार ९९९ रूपैयाँ तोकिएको छ भने एफ फाइभ एको मूल्य २ लाख ८९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

स्कुटर सार्वजनिक भएको अवसरमा कम्पनीले अफर समेत ल्याएको छ । यस अन्तर्गत स्कुटर गुडेको किलोमिटरका आधारमा कम्पनीले विद्युतको बिल बराबरको क्यास दिनेछ । साथै यी स्कुटर किस्ताबन्दीमा समेत किन्न सकिने छ ।

सरकारले विद्युतीय स्कुटरमा कुनै छुट दिए अहिले किन्ने ग्राहकले एभरेजिङको आधारमा पैसा पनि फिर्ता पाउने छन् ।

यसका साथै ग्रन्थ ईभीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बिक्री भएका प्रत्येक स्कुटरबाट ५०० रूपैयाँ  महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले दिने जनाएको छ ।

यो पनि पढ्नुहोस्ः आकर्षक डिजाइनसहित सार्वजनिक भयो ग्रन्थ ईभीको विद्युतीय स्कुटर, कति छ मूल्य ?