कीवर्डहरू -

फेसबुकमा \'लुक हु जस्ट डाइड\' स्क्याम चल्दै, यसरी हुनुहोस् सुरक्षित

फेसबुकमा \'लुक हु जस्ट डाइड\' स्क्याम चल्दै, यसरी हुनुहोस् सुरक्षित

फेसबुकमा अहिले 'लुक हु जस्ट डाइड' नामक स्क्याम सुरु भएको छ । यसले भर्खरै कसको निधन भयो जानकारी लिनुहोस् भनेर लिंक पठाउने गर्दछ ।

त्यसपछि लिंकमा क्लिक गरेमा तपाई अकाउन्ट ह्याक हुनेछ । अनुसन्धानकर्ताहरूले प्रयोगकर्ताहरूलाई 'लुक हु जस्ट डाइड’ स्क्यामको बारेमा चेतावनी दिएका छन् । यसमा ह्याकरले फेसबुक अकाउन्टको नियन्त्रण लिन्छन् र सोही मेसेज तपाईको अकाउन्टबाट सबै प्रयोगकर्तालाई जाने गर्दछ ।

फेसबुकमा आएको लिंकमा 'think you may know him/her' वाक्य देखाउँछ । यसले गर्दा आफूले चिनेकै व्यक्तिको निधन भएको हो की भनेर भ्रमित भई धेरैले हतारिएर लिंक क्लिक गरिदिने गर्दछन् । हतारमा उक्त लिंक क्लिक गर्दा आफ्नो फेसबुक अकाउन्ट नै ह्याक हुनेछ ।

सो लिंकमा क्लिक गर्दा अरू धेरै लिंक खुल्ने गर्द्छन् । यस ह्याकका कारण स्क्यामरहरूले फेसबुक लगइन विवरणहरू सोध्ने र बैकिंग विवरणहरु पनि चोरी हुन सक्ने छन् ।

यसका साथसाथै फेक न्यूज लिङ्कहरूले पनि डिभाइसमा मालवेयर इन्स्टल गर्न सक्छन, जस कारण ह्याकरहरूलाई व्यक्तिगत डाटामा पहुँच पाउन सक्छन् ।

एकपटक ह्याकरले तपाईंको खाताको नियन्त्रण प्राप्त गरेपछि, तिनीहरूले तपाईंलाई लक गर्न सक्छन् र त्यसपछि तपाईंको खाताबाट तपाईंका साथीहरूलाई यस्तै सन्देशहरू पठाउन सक्छन् ।

यस प्रकारको स्क्यामबाट बच्न तपाईंले अपनाउन सक्ने केही सजिलो तरिकाहरू यसप्रकारका छन् :

  • शंकास्पद लिङ्कहरूमा क्लिक नगर्नुहोस् ।
  • यो वास्तविक हो वा होइन भनेर पुष्टि गर्न आफ्नो साथीसँग कुरा गर्नुहोस्।
  • साथै, आफ्नो उपकरण र सफ्टवेयर अपडेट गरेर राख्नुहोस् । एन्टिभाइरस/ एन्टी–मालवेयर प्रयोग गरेमा पनि सुरक्षित रहन सकिन्छ ।