कीवर्डहरू -

अब ह्वाट्सएपमा छोटो भिडियो म्यासेज पठाउन सकिने

अब ह्वाट्सएपमा छोटो भिडियो म्यासेज पठाउन सकिने

ह्वाट्सएपमा अब प्रयोगकर्ताहरूलाई छोटो भिडियो म्यासेज पठाउन सक्ने भएका छन् । ह्वाट्सएपमा अहिलेसम्म प्रयोगकर्ताहरूले तत्काल अडियो वा टेक्सट मेसेजहरूको मद्दतले जवाफ दिन सक्ने व्यवस्था थियो ।

तर अब प्रयोगकर्ताहरूलाई टेक्स्ट म्यासेजहरूको सट्टा छोटो भिडियो रेकर्ड गर्न र पठाउन अनुमति दिइने छ । यो फिचर हाल विस्तारै रोल आउट भइरहेको छ र आगामी दिनहरूमा एन्ड्रोइड र आईओएसमा विश्वव्यापी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।

१ मिनेटसम्मको रियल टाइम भिडियो पठाउन सकिने छ । कम्पनीका अनुसार रियल टाइम भिडियो म्यासेज एण्ड–टु–एन्ड इन्क्रिप्टेड हुनेछन् । यो सुविधाको रोल आउट पहिले नै सुरु भइसकेको छ । चाँडै विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।

भिडियो म्यासेजको सुविधा जन्मदिनको मेसेज रेकर्ड गर्न, शुभ समाचार साझा गर्न आदिका लागि प्रयोग गर्न सकिने छ । टेक्स्ट बाकसको छेउमा रहेको आइकनमा क्लिक गरेर यो सुविधा पहुँच गर्न सकिने कम्पनीले जनाएको छ ।

पूर्वनिर्धारित रूपमा, जब कसैले सन्देश खोल्छ, भिडियो आवाज बिना प्ले हुनेछ । ध्वनि सक्रिय गर्न, भिडियो फेरि ट्याप गर्नपर्छ ।