कीवर्डहरू -

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा, कति छ मूल्य ?

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा, कति छ मूल्य ?

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब नाडा अटो शोमा सार्वजनिक गरेको छ ।

टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास-लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन-हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् ।

सहज ५-वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्टर्‍याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०-४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम-आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् ।

यो एक इन्टेलिजेन्ट इन-हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा  १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ। ४.५ घन्टामा ०-८० प्रतिशतसम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । साथै कुनै पनि ५ यम्पीयर  घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको  ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ।

पावर र ईको मोडले राइडरलाई  रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूणर् छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी-थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास/फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब  एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै  म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ ।

एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ । प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १,००० ग्राहकहरूका लागि रु.४,२९,९०० को मूल्यमा उपलब्ध छ ।