कीवर्डहरू -

विकिरण बढी भएपछि आईफोन १२ माथि फ्रान्सको प्रतिबन्ध, बेल्जियमले पनि अनुसन्धान गर्दै

विकिरण बढी भएपछि आईफोन १२ माथि फ्रान्सको प्रतिबन्ध, बेल्जियमले पनि अनुसन्धान गर्दै

सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ सिरिज अर्थात आईफोन १५ सार्वजनिक गरेको थियो । नयाँ स्मार्टफोन सार्वजनिक गरेसँगै कम्पनीले केही डिभाइसहरूको उत्पादन पनि बन्द गरेको छ, जसमा आईफोन १२, आईफोन १३ मिनी, आइफोन १४ प्रो र आइफोन प्रो म्याक्स समावेश छन् ।

यही बिच फ्रान्सले आईफोन १२ माथि प्रतिबन्ध लगाएको छ । विकिरण जोखिमको कारण फ्रान्सले प्रतिबन्ध लगाएको हो, जुन सरकारले तोकेको फोनको विकिरण एक्सपोजर सीमाभन्दा बढी रहेको छ ।

एप्पलले यी सबै अस्वीकार गरे पनि बेल्जियमले पनि आईफोन १२ सँग सम्बन्धित स्वास्थ्य जोखिमको समीक्षा गर्न थालेको छ । बेल्जियमका राज्य सचिवले आफ्ना नागरिकहरू सुरक्षित सुनिश्चितता गर्नु राज्यको कर्तव्य भएको बताए । आईफोन १२ सन् २०२० मा सार्वजनिक गरिएको थियो ।

एप्पलले फोनलाई प्रारम्भिक रूपमा बिक्रीमा राख्दा विकिरण मापदण्डको पालना गरेको थियो, तर अब त्यस्तो नहुन सक्छ । फ्रान्सको प्रतिबन्धले सम्पूर्ण युरोपमा यो फोनको प्रतिबन्धलाई असर गर्न सक्छ । जर्मनीका नियामकहरूले पनि यस मुद्दाको अनुसन्धान गरिरहेका छन्, र स्पेनिस उपभोक्ता समूहले देशमा बिक्रीबाट उपकरण हटाउन अभियान चलाउँदैछ ।

एप्पलले यो हप्ता आईफोन १२ बेच्न बन्द गरेको थियो । यो जानकारी आईफोन १५ को सार्वजनिक भएपछि आएको हो । तर  एप्पलले भने अहिलेसम्म केही जानकारी दिएको छैन् ।