कीवर्डहरू -

प्रिस्क्रिप्सनमा आधारित आईवेयर इकमर्स नेत्रकार्ट सञ्चालनमा, १५ प्रतिशतसम्म छूटको व्यवस्था 

प्रिस्क्रिप्सनमा आधारित आईवेयर इकमर्स नेत्रकार्ट सञ्चालनमा, १५ प्रतिशतसम्म छूटको व्यवस्था 

आजभोली हामी धेरै जसो समय विद्युतीय उपकरणमा बिताइरहेका हुन्छौं । झन कोरोनाको समयमा त अरु बेला भन्दा विद्युतीय उपकरणको प्रयोग बढि भइरहेको छ ।

स्मार्टफोन, ल्याप्टप लगायत विद्युतीय उपकरणमा लामो समय बिताउँदा हाम्रो स्वास्थ्यका साथसाथै हाम्रो आँखामा पनि असर परिरहेको हुन्छ । सामान्यतया हामी वर्षको कम्तिमा पनि २ पटक आँखा जाँच गराउनु पर्छ । तर हामी कसैले वर्षको एकपटक पनि आँखा जाँच गराइरहेको हुँदैनौं ।

लामो समय स्क्रीनमा समय बिताइरहँदा अर्लि एजमै भिजन धमिलो हुने, आँखा सुख्खा हुने, टाउको दुख्ने, माइग्रेको विकास र निद्रामा समस्या विशेषगरी बच्चामा देखिन सक्छ । यसलाई कम्प्युटर भिजन सिन्ड्रम पनि भनिन्छ ।

कोरोना महामारी शुरु भएपछि स्क्रीन टाइम अझै बढिरहेको छ । वर्क फ्रम होम, अनलाइन कक्षा, मिटिङ जस्ता कारणले पनि स्क्रीन टाइममा अझै वृद्धि भएको छ ।

हामीले धेरै समय स्क्रीनमा बिताइरहदा पनि अप्टिकल पोशाक वा प्रिस्क्रिप्सन चश्मा लगाउदैंनौं । हामी आँखा जाँच गर्न पनि जाँदैनौं ।

\"\"

यही समस्यालाई ध्यानमा राखेर शुक्रबार अर्थात आजदेखि प्रिस्क्रिप्सनमा आधारित नेपालकै पहिलो आईवेयर ईकमर्स नेत्रकार्ट सञ्चालनमा आएको छ ।

नेत्रकार्ट बाट अप्टिकल वेयर, कन्ट्याक्ट लेन्स, प्रिस्क्रिप्सन चश्मा, सन ग्लास लगायत आँखासँग सम्बन्धित सामग्रीहरु खरिद गर्न सकिन्छ । नेत्रकार्टले माग भएअनुसार घरमै गएर आँखाको जाँच समेत गर्नेछ । कम्पनीका अनुसार वेबसाइटमा गएर आँखाको सर्जरीको लागि फाराम भरेमा कम्पनीले अस्पतालको व्यवस्था मिलाइदिने छ ।

नेत्रकार्टको वेबसाइट बाट चश्मा खरिद गर्दा घरमै बोलाएर ५ वटा चश्मा ट्राई पनि गर्न सकिन्छ । ‘तपाईले ५ वटा चश्मा सेलेक्ट गर्नुहुन्छ । त्यसपछि तपाईको चश्मा घरमै आइपुग्छ । त्यो चश्मा ५ दिनसम्म तपाईसँगै राख्नु हुन्छ,’ नेत्रकार्टका संस्थापक बैभव पाण्डेले भने ‘५ दिनसम्म चश्मा लगाएपछि तपाईलाई चश्मा मन पर्‍यो भने तपाईले चश्मा किन्नुहुन्छ । यदि चश्मा मन परेन भने हामीलाई फिर्ता गरिदिनुहुन्छ ।’

नेत्रकार्टको वेबसाइट मा आँखाको प्रिस्क्रिप्सन समेत अपलोड गरेर सामानहरु खरिद गर्न सकिन्छ । यसमा सर्जरीको समेत सुविधा रहेको छ । यसबाट कुनै एकजनाले पैसा तिरेर आँखाको सर्जरी गर्दा अर्को एकजना गरिब मान्छेको आँखाको सर्जरी निःशूल्क गर्ने कम्पनीले व्यवस्था गरेको छ ।

‘जति जना मान्छेले हाम्रो पोर्टल प्रयोग गरेर होम आइ चेकअप वा सर्जरी गर्नहुन्छ त्यति नै जना मान्छेलाई हामीले फ्रीमा होम आई चेकअप वा सर्जरी गरिदिन्छौं’ पाण्डेले भने ।

लाइसेन्स प्राप्त डाक्टरबाट मात्रै घरमै आँखा चेकअप हुने उनले बताए । ‘हामी ओम्नी च्यानल मोडलमा सञ्चालन भएका छौं । ओम्नी च्यानल मोडलले अफलाइन र अनलाइन दुबैलाई बुझाउँछ । हामी अनलाइन अफलाइन दुबैमा छौं । अफलाइनमा हामीले भिजन कन्सर्न क्लिनिक चलाइरहेका छौं ।’

\"\"

भिजन कन्सर्न आइएसओ ९००१:२०१५ सर्टिफाइट आई क्लिनिक हो । अब कम्पनी सीई सर्टिफिकेटको लागि पनि अगाडी बढ्दै छ । भिजन कन्सर्नले विगत १२ वर्षदेखि आफ्नो सेवा प्रदान गर्दैं आएको छ ।

हाल होम आई चेकअपको सुविधा काठमाडौं उपत्यकामा उपलब्ध रहेको छ । भने चश्मा किन्न सकिने सुविधा चाही देशभरि नै उपलब्ध हुँदै छ ।

आँखाको हेल्थ केयर इकोसिस्टमलाई अगाडी बढाउने उदेश्यका साथ नेत्रकार्ट शुरु भएको पाण्डेले जानकारी दिए ।

उनले भने ‘यसलाई हामीले इन्ड टु इन्ड सर्भिसकै रुपमा प्रदान गर्दैछौं । चश्मा बेच्नेदेखि सर्जरी सम्मको सुविधा हामीले नेत्रकार्टबाट उपलब्ध गराउँदैं छौं ।’

यसको लागि कम्पनीले मात्रिका आँखा केन्द्रसँग पनि सहकार्य गरेको छ । नेत्रकार्टबाट सामान खरिद गर्दा अनलाइनबाटै पैसा तिर्न सकिन्छ । कम्पनीले ईसेवा, खल्ती, फोनपे, पेपाल, कार्ड तथा क्यान अन डेलिभरिबाट समेत पैसा तिर्न सकिने व्यवस्था गरेको छ ।

\"\"

नेटकार्टको सुविधा वेबसाइट र मोबाइल एपबाट प्रयोग गर्न सकिन्छ । नेत्रकार्टको मोबाइल एप केही दिनमै गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेत्रकार्ट सार्वजनिक भएको अवसरमा कम्पनीले १० प्रतिशत छूट समेत दिएको छ । ‘CHASMA10’ कुपन कोड प्रयोग गर्दा १० प्रतिशत छूट पाइने छ । त्यस्तै ईसेवाबाट अनलाइन भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक समेत पाइने छ ।

त्यस्तै कम्पनीले आइसिटी समाचारका पाठकका लागि पनि १५ प्रतिशत छूटको समेत व्यवस्था गरेको छ । ‘NKICT15’ कुपन कोड प्रयोग गरेर आइसिटी समाचारका पाठकले १५ प्रतिशत वा १ हजारसम्म छूट पाउने छन् ।