कीवर्डहरू -

फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गर्ने युवक पक्राउ

फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गर्ने युवक पक्राउ

महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक पेजमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका-८ घर भई हाल काठमाडौं काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् ।

खड्काले फेसबुकमा जब भ्याकेन्सीको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलव, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा १ हजार ५ सय देखि ३ हजार ५ सय सम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका थिए ।

पक्राउ परेका खड्कालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको उक्त महाशाखाले जनाएको छ ।